Posts

Showing posts from February, 2019

बढैयातालमा पर्यटक आकर्षित गर्नका लागि सुनगाभा होटल सन्चालनमा आउँदै

Image
सोम गुरुङ,बढैयाताल ७ फागुन / बर्दियाको बढैयाताल गाउँपालिका वडा नं.६ मैनापोखरमा  १ करोड बढी लगानीमा पहिलो सुविधासम्पन्न सुनगाभा रेष्टुरेन्ट एण्ड पार्टी प्यालेस खोलिएको छ । सो प्यालेसले यही फागुनको अन्तिम देखि आफनो सेवासुुविधा सन्चालनमा ल्याउने भएको छ ।   बढैयाताल एक पर्यटकीय क्षेत्र भएकोले यस ठाउँलाई आउने पर्यटकलाई ब्यवस्थित तथा आरामदायी बसोबासको लागि मध्य नजर गर्दै सो होटल सन्चालनमा ल्याइएको बढैयाताल गाउँपालिका वडा नं. १ निवासी प्रोपाइटर प्रकास केसीले बताए । हाल नेपाल सरकारले भिजिट २०२० अभियान सन्चालन गरिरहेको छ । बढैयाताल पनि एक पर्यटकीय क्षेत्रमा सूचीकृत भएको छ ।  सुनगाभा रेष्टुरेन्ट एण्ड पार्टी प्यालेसमा एटेज कोठा, २ वटा  एसी सभाहल, पार्टी प्यालेस, क्याबिन रेष्टुरेन्ट, सुविधासम्पन्न बासको ब्यवस्था र पार्किङ्गको सुुविधा समेत रहेको शिव सुबेदीले जानकारी दिए ।  बढैयाताल गाउँपालिकामा रहेको बढैयाताल, सिमासार क्षेत्र, यहाँका थारु संस्कृति तथा कलामा टेवा  पुग्ने सो प्यालेस सन्चालनमा आएपछि स्थानीय तहमा रोजगारका वातावरण सृजना हुने साथै आन्तरिक...

बृटिस स्कुलमा निसुल्क स्वास्थ्य शिविर

Image
नेपालगंज ३ फागुन / शान्तिनगर नेपालगन्ज स्थित बृटिस ईंग्लिश बोर्डिङ स्कुलमा ईको हिमालयन ईन्टरनेशनल भक्तपुरको आयोजना तथा बिधालयको सहकार्यमा  निशुल्क स्वास्थ्य सिबिरको आयोजना गरेको छ वडा नम्बर चारका वडा अध्यक्ष मोहम्मद सफिक बेहनाको प्रमुख आतिथ्यमा एक दिवसीय  चेक जाँच कार्यक्रम गरिएको थियो वडा अध्यक्ष बेहनाले स्वास्थ्यनै धन हो हामी स्वास्थ रहन आहार र व्यबहारमा ख्याल गर्न र निएमित योग गर्ने बताउनु भयो।अतिथिमा बिधालयका संचालक  अध्यक्ष निरज शाह, अभिभावक कुल प्रसाद शर्मा लगायतको उपस्थिति थियो । सो सिबिरमा काठमाडौ बाट आउनु भएका वरिष्ठ प्राकृतिक चिकित्सक डा. दिपक प्रसाद चौलागाई र डाक्टर मानव चाम्लिङ राईले स्वास्थ्य   पारिक्षण तथा  औषधी दिएका थिए । सो  शिविरमा सम्पुर्ण शरीरको चेक जाँच मसिन द्वारा गरिएको स्कुलका प्रिन्सिपल  हेमन्त राज काफलेले  जानकारी दिए ।

यौन प्रजनन र स्वास्थ्य अधिकार बारे शिक्षकलाई अभिमुखीकरण

Image
सोम गुरुङ्ग, खजुरा २८ माघ /  विद्यालयमा यौन प्रजनन स्वास्थ्य र अधिकार बारे खुलेर कुरा गर्ने वातावरण सिर्जना गर्नु पर्ने एक कार्यक्रममा सहभागी शिक्षकहरुले जोड दिएका छन् । प्लान ईन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंजको सहयोग तथा खजुरा गाउँंपालिका शिक्षाशाखाको सहकार्यमा र स्याक नेपालको आयोजनामा सामुदायिक बिधालयका शिक्षकहरुलाई यौन प्रजनन स्वास्थ्य र अधिकार सम्वन्धी  १ दिने अभिमुखिकरण  कार्यक्रम सम्पन्न भएको छ ।  बिधालयमा किशोर किशोरीको प्रजनन तथा यौन ब्यबहार परिबर्तनबाट पर्ने असरहरुबाट संरक्षण गर्ने र बिधालयमा किशोर किशोरीमैत्री कक्षाको निर्माण गरि खुल्ला रुपमा प्रजनन र यौन जिज्ञासा र समस्याहरु फोकल शिक्षकको माध्यमबाट समाधान गराउने र नेपालमा यौन प्रजनन स्वास्थ्य र अधिकारको अबस्थाको जानकारी गराउँने उद्धेश्यले अभिमुखिकरण संचालन गरिएको स्याक नेपालका सुपरभाइजर अर्मिला रोकायले जानकारी दिइन् ।  सो अभिमुखिकरण कार्यक्रमको प्रमुख अतिथि  खजुरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख बिश्वराज ढकालले सहभागीहरुलाई स्वागत गर्दै महिनावारीले गर्दा बालिकाहरुको पढाई अनियमित हु...

लैगिक हिंसा रोक्नको लागि किशोरीहरुलाई आत्मरक्षाको तालिम दिनु पर्नेमा जोड

Image
सोम गुरुङ्ग, खजुरा २५ माघ  /  लैगिक हिंसा रोक्नको लागि किशोरीहरुलाई आत्मरक्षा तालिमको आवश्यक्ता रहेको एक कार्यक्रमका सहभागी किशोरीहरुले जोड दिएका छन् । प्लान इन्टरनेशल नेपालको सहयोगमा खजुरा गाउँपालिकाको समन्वय र स्याक नेपालको आयोजनामा ३ दिने किशोरकिशोरीका लागि लैगिक यौन प्रजनन तथा बाल विवाह सम्बन्धि कानुनी प्रावधान बारे तालिममा सो कुरा बताएका हुन् ।  सो तालिममा खजुरा गाउँपालिकाका वडा नं.३ का किशोरी तथा बालक्लबका २६ जनाको सहभागिता रहेको छ । लैंगिक मैत्री वातावरण सृजना गर्न र बाल बिवाह न्यूनिकरण लागी खजुरा गाउँपालिकाका वडा नं.३ का किशोर किशोरीलाई ३ दिने तालिम प्रदान गरिएको स्याक नेपालका टिम लिडर तथा प्रशिक्षक नेत्रकला शाहीले जानकारी दिइन् । साथै उहाँले बालिका तथा किशोरीहरु यौन हिंसा र यौन दुरव्यहारमा बढी जोखिममा पर्ने हुदाँ उनीहरुलाई तालिम दिई आफनो आत्मरक्षाको लागि सचेत बनाउन  तालिम प्रदान गरिएको बताइन्  । उहाँले बालअधिकार के हो ? लैगिंक हिंसा रोक्ने उपायहरुका बारेमा प्रशिक्षण गर्नुभएको थियो ।  सो तालिमलाई अधिवक्ता वसन्त गौतमले लैंगिक मैत्री शैक्ष...

फागुन ३ देखि ५ गतेसम्म समृद्ध कर्णाालीका लागि काठमाण्डौंमा महोत्सव हुने

Image
काठमाण्डौ २४ माघ / आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म  काठमाण्डौंको भृकुटीमण्डपमा हुने एक्स्पोको मुख्य नारा ‘हाम्रा गौरवका पानाहरु र सम्भावनाका खानीहरुको उत्सव’ रहेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । कर्णााली क्षेत्रको  विकास र सम्भावनाहरूको खोजी गर्ने उद्देश्यले कर्णााली एक्स्पो हुने भएको छ । आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म भृकुटीमण्डपमा हुने एक्स्पोको मुख्य नारा ‘हाम्रा गौरवका पानाहरु र सम्भावनाका खानीहरुको उत्सव’ रहेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । कर्णालीको गर्विलो इतिहास, कला—संस्कृति, पौष्टिक रैथाने खाद्यबाली, जीवनशैली र अन्य सम्भावनाका स्रोतहरुको खोजी गरिने उद्धेश्यले महोत्सव गर्न लागिएको समृद्ध कर्णाली अभियान तथा महोत्सव आयोजक समितिका उपसंयोजक प्रेमा लामाले जानकारी दिइन् ।  आगामी भिजिट नेपाल २०२० र पहिला देश अनि विदेश भन्ने नारालाई कर्णालीबाट बुलन्द पार्न पनि महोत्सव महत्वपूर्ण हुने लामाले बताइन् । कर्णालीका पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा परम्परागत जीवनशैली, कृषि, पर्यटनलाई विशेष प्राथमिकता दिने गरि महोत्सवमा स्टल राखिने समृद्ध...

सुशासन, समृद्धि र विकासका लागि प्रथम नरैनापुर दौड २०७५ हुदै

Image
सोम गुरुङ्ग, नेपालगन्ज १८ माघ । बाँकेको विकट क्षेत्र मानिएको नरैनापुरमा सुशासन, समृद्धि र विकासका लागि प्रथम नरैनापुर दौड २०७५ शनिवार हुदैछ । सडक र बत्तीसंगै आवश्यक पुर्बाधारको अभावमा सो क्षेत्रको विकास हुन सकेको छैन भने, अशिक्षा गरिबीले पनि पछाडी परेको क्षेत्रको रुपमा नरैनापुर चिनिन्छ ।  सो क्षेत्रको समग्र विकासका लागि खेलको माध्यमले सन्देश प्रवाह गरिने उद्देश्यले नरैनापुर प्रथम दौड २०७५ गर्न लागिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुुभयो । उहाँले नरैनापुर गाउँपालिकामा यो दौड पहिलो पटक हुुन लागेकोले यस दौडलाई सबै मिलेर सफल बनाउन पनि आग्रह गर्नु भयो । नरैनापुर गाउँपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले दौडको आयोजना गर्न लागेको हो ।  सो दौड प्रतियोगितामा त्यस क्षेत्रका युवा, विद्यार्थी, किसान, कर्मचारी, महिला, समाजसेवी लगायत स्थानीयको उल्लेख्य रुपमा सहभागिता रहने केन्द्रका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो । यस दौड प्रतियोगिताले नरैनापुर क्षेत्रमा खेलकुदको माध्यमले ठाउँको पहिचान, विकास, सुशासन सहितको सचेतना अभिबृद्...