बैदेशिक रोजगारबाट फर्किएकालाई सम्मानको दृष्टिले हेर्नु पर्नेमा जोड
“लैङ्गिक समानताका लागि पाइला हाराहारी, सन २०३० सम्म हिस्सा बराबरी” संविधानलाई ब्यवहारमा उतारौ. महिला अधिकार सुनिश्चित गरौं भन्न्ने नाराको साथ मनाउन लागेको १०६ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रिय युवा परिषद, बाँके शाखाको आयोजना तथा साथी संस्था, सशस्त्र हिसा न्युनीकरण तथा सामुदायिक सुरक्षा सबलीकरण कार्यक्रम÷यूएनडिपी, बनकटवा गाविस, फातिमा फाउण्डेशन बाँकेको संयुक्त आयोजनामा बनकटवा गाविसमा बैदेशिक रोजगारबाट फर्किएका महिलाको अवस्था र समाजले हेर्ने दृष्टिकोणमा सरोकारवालको भुमिकामा विषयमा अन्तरक्रिया सम्पन्न भयो । सो अन्तरक्रियामा बनकटवा गाविसमा महिला र पुरुष गरि ७० जनाको सहभागिता रहेको थियो । सशस्त्र हिसा न्युनीकरण तथा सामुदायिक सुरक्षा सबलीकरण कार्यक्रम÷यूएनडिपीका सोम डेमनडौराले समुदायमा शान्ति स्थापना गर्न सुमदायको नै प्रमुख भुमिका हुने हुनाले समुदायमा कहि कतै हिंसा भयो भने प्रहरीलाई जानकारी दिनु पर्ने र तुरुन्त समाधानको दिशातर्फ अगाडि बढ्नु पर्ने बताउनु भयो । त्यसै गरी प्रमुख अतिथि बनकटवा गाविसका सचिव दिपक पौडेलले बिदेशमा गएर फर्किएका महिलाहरुलाई समाजले सम्मानको दृष्ट...