Posts

Showing posts from May, 2016

युुवाद्धारा युुवाहरुलाई मानवबेचविखन विरुद्ध अभिमुखीकरण

Image
नेपालगन्ज (मनिकापुुर) / माईती युुवा सन्जाल बाँकेको आयोजना तथा राष्ट्रिय युवा परिषद, बाँके शाखाको सहजीकरण र माइती नेपाल, बाँकेको सहयोगमा नेपालगन्ज उपमहानगरपालिका वडा नं.२६ मनिकापुुरका युुवाहरुलाई मानवबेचविखन विरुद्ध एक दिने अभिमुखीकरण सम्पन्न भएको छ । सो अभिमुखीकरणमा मनिकापुुरका ३ दर्जन बढी युुवाहरुको सहभागिता रहेको थियो । राष्ट्रिय युवा परिषद, बाँके शाखाका अध्यक्ष सोम गुरुङ्गले शुुभकामना मन्तब्य राख्नुु हुुदै युुवाहरुलाई मानवबेचविखन विरुद्ध समाजमा जनचेतना फैलाउन र मानवबेचविखन न्युनीकरणको लागि समुदाय तहमा नियमित रुपमा अभियानको रुपमा अगाडि बढ्नुु पर्ने र स्थानीय समुुह तथा युुवा क्लब, किशोरी क्लबसंग सहकार्य तथा समन्वय गर्दै अगाडि बढ्नुु पर्नेमा जोड दिनुु भयो । मानव बेचविखनको विरुद्धमा समुुदायमा खबरदारी गर्न, सचेतना फैलाउन बाँकेमा माईती युुवा सन्जाल बाँके हालै गठन भएको छ । त्यसै गरी माइती नेपाल, बाँकेका संयोजक केशव कोइरालाले समुुदायमा रहेका युुवाहरुलाई मानव बेचविखन सम्बन्धि विषयमा सचेत बनाउन सकेमा समाजमा मानव बेचविखनको विरुद्धमा आवाज उठाई समृद्ध समाजको निर्माण हुुने र सबै भन्दा जोखि...

किशोरीलाई बाल विवाह तथा मानवबेचविखन विरुद्ध अभिमुखीकरण कार्यक्रम

Image
बागेश्वरी (खजुुरा) बैशाख / राष्ट्रिय युवा परिषद, नेपाल बाँके शाखाको आयोजना र बागेश्वरी गाविसको सहयोगमा आज बागेश्वरी गाविसका किशोरीहरुलाई बाल विवाह तथा मानव बेचविखन विरुद्ध एक दिने अभिमुखीकरण तालीम सम्पन्न भएको छ । सो अभिमुखीकरणमा बागेश्वरी गाविसका विभिन्न वडाहरुबाट ३ दर्जन बढी किशोरीहरुको सहभागिता रहेको थियो । राष्ट्रिय युवा परिषद, बाँके शाखाका सदस्य तथा पत्रकार मधुु पौडेलले शुुभकामना मन्तब्य राख्नुु हुुदै किशोरीहरुलाई बाल विवाह तथा मानव बेचविखन विरुद्ध समाजमा जन चेतना फैलाउन र समाजमा बाल विवाह रोक्न यो अभिमुखीकरण आयोजना गरिएको बताउनु भयो । त्यसै गरी प्रमुुख अतिथि बागेश्वरी गाविसका सचिव उत्तमसिह सोढीले समुुदायमा रहेका किशोरीहरुलाई बाल विवाह तथा मानव बेचविखन सम्बन्धि विषयमा सचेत बनाउन सकेमा समाजमा बाल विवाह न्युनीकरणमा सहयोग पुुग्ने बताउनुु भयोे र सबै भन्दा जोखिमको उमेर किशोरी अवस्था हुने हुुदाँ किशोरीलाई सचेत बनाउन यो अभिमुखीकरण कार्यक्रम गरिएको बताउनुु भयोे ।राष्ट्रिय युवा परिषद, बाँके शाखाका अध्यक्ष सोम गुरुङ्गले मानव बेचविखन न्युनीकरणको लागि बार्षिक कार्ययोजना बनाएर समुदाय त...