नेपाल युवा परिषदको सातौँ साधारण सभा सम्पन्न
नेपाल युवा परिषदको सातौँ साधारण सभा राजधानीमा सम्पन्न भएको छ । नेपाल युवा परिषदका अध्यक्ष सरोज बानियाँको अध्यक्षतामा सम्पन्न बार्षिक साधारण सभामा परिषदको नयाँ कार्यसमिति गठन गरिएको छ । स्थापना कालदेखि बिभिन्न आरोह र अवरोहलाई पार गर्दै नेपाल युवा परिषद आज यो स्थानसम्म कसरी आईपुगेको भन्ने बिषयमा परिषदका अध्यक्ष सरोज बानियाँ ज्युले कार्यक्रममा उपस्थित अतिथी तथा युवा साथीहरुलाबशई जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत अधिवक्ता हुम प्रसाद खनालको नेतृत्वमा रहेको निर्वाचन कमिटीले सरोज बानियाँको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वार्चीत गरेको छ । सात सदस्यीय निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा शुदर्सन बिडारी, महासचिवमा सलिना नगरकोटी, कोषाध्यक्षमा श्रीकृष्ण बुढाथोकी, कार्यकारी सदस्यहरुमा बुद्धिराज श्रेष्ठ, सानुकान्छा लोप्चन र अप्सरा सुनार रहेका छन् । आगामी दुई बर्षको लागि चुनिएको उक्त कार्यसमितिले देशका ७७ वटै जिल्लामा युवाको क्षेत्रमा बिभिन्न कार्यक्रम आयोजना गर्दै नेपाल युवा परिषदलाई अझ युवाको माझ एउटा ब्राण्डको रुपमा परिचित गराउने प्रतिवद्धता गरेका...