बृहत सरसफाई कार्यक्रम सम्पन्न
बागेश्वरी मन्दिर सरसफाई गरि पर्यटन दिवश मनाए बाँकेका युवाहरुले नेपालगन्ज १० असोज / “हाम्रो सम्पदा : हाम्रो दायित्व” भन्ने मुल नाराका साथ राष्ट्रिय युवा सम्मेलन २०१९ मा घोषणा भए अनुरुप नेपाल युवा परिषदले विश्व पर्यटन दिवसको अवसरमा राष्ट्रव्यापि बृहत सरसफाई कार्यक्रम नेपालका सातै प्रदेश वा ७७ वटै जिल्लामा सम्पन्न गरेको छ । सोही अवशर पारेर प्रदेश नं.५ को बाँके जिल्लामा अवस्थित बागेश्वरी मन्दिर परिसरमा नेपालगन्ज उपमहानगरपालिकाको समन्वय तथा विभिन्न सामाजिक संस्था र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा सरसफाई गरिएको छ । विश्वमा वातावरण प्रदुषण सम्बधिका विभिन्न कार्यक्रमहरु चलिरहेका बेला नेपालमा पनि यसका असर र हामी नागरिकको दायित्वलाई मध्यनजर राखि राष्ट्रव्यापि सरसफाई कार्यक्रमको थालनी गरिएको हो । सम्भवत नेपालमा यो किसिमको ७७ वटै जिल्लामा एकै समयमा,एकै ढाँचा अनुसार थालनी गरेको पहिलो कार्यक्रम भएको नेपाल युवा परिषदका केन्द्रिय अध्यक्ष सरोज बानियाले बताए । देश भरीमा करिब ५००० भन्दा बढिको सहभागिताबाट उक्त कार्यक्रम सफल भएको छ। जसमा विभिन्न सरकारी तथा गैरकारी निकायसँगको ...