वालविवाह न्यूनिकरण गर्न सरोकारवालाको एक्यबद्धता
बर्दिया १२ मंसिर / समाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल)बाकेको आयोजना, प्लान ईन्टरनेशनल नेपालको सहयोग र गुलरिया नगरपालिका र बर्दिया जिल्ला अदालत बार एशोशियशन बर्दियाको समन्वयमा गुलरियामा बाल विवाह न्यूनिकरण सम्बन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बाल विवाह विरुद्ध कानुनमा भएको ब्यवस्था र मुद्दा सिर्जना हुने अवस्था, बाल विवाहका कारण र रोकथामका उपाय र मुद्दा किनाराका लागी कानुन ब्यवसायीहरुको भुमिका, प्रयास र किनाराका अभ्यासहरु बारे सहजकर्तावाट प्रस्तुतिकरण, छलफल, समुह कार्य र प्रस्तुतिकरण समेत भएको थियो । सो कार्यक्रम संचालन स्याक नेपालका कार्यक्रम अधिकृत अशोक चौधरी, स्वागत तथा कार्यक्रमको उद्देश्य स्याक नेपालका कार्यक्रम अधिकृत किशोर कुमार चौधरी, कार्यक्रम सहजीकरण अधिबक्ता खडानन्द तिवारी, बर्दिया जिल्ला सरकारी वकिलको कार्यालयका लक्ष्मी किशोर शर्मा, प्रमुख अतिथि गुलरिया नगरपालिकाका उपप्रमुख श्री शुशिला गिरी र कार्यक्रमका अध्यक्षता बर्दिया जिल्ला बार एशोशिएशनका अध्यक्ष श्री देबीदत्त देवकोटाले गर्नुभएको थियो । मन्तब्यको क्रम...