Posts

Showing posts from April, 2020

नेपाल युवा परिषद रुपन्देही जिल्ला शाखाको गठन बिस्तार

Image
बुटवल १४ बैशाख   / नेपाल युवा परिषद रुपन्देही जिल्लाको अनलाईन  बैठक बसी   नेपाल युवा परिषद जिल्ला रुपन्देहीको शाखाको गठन विस्तार  सम्पन्न भएको छ । जिल्ला संयोजक कुशल डुम्रेको अध्यक्षतामा बसेको बैठकबाट अध्यक्षमा कुशल डुम्रे, उपाध्यक्षमा स्मृति ज्ञवाली  महा–सचिवमा अभिषेक त्रिपाठी , सचिवमा सन्ध्या अधिकारी , कोषाध्यक्षमा सुस्मा बस्याल , कार्यक्रम संयोजकमा समिक्षा पाण्डे र ,  सदस्यहरुमा सबुत डुम्रे, सन्तोष न्यौपाने, निशा पाण्डे, प्रकृति न्यौपाने, सुस्मा चालिसे, पुजा ज्ञवाली र मिना पाण्डे चयन  गरिएको छ । थप सदस्य आगामी बैठकबाट चयन गरिनेछ  । परिषदले रुपन्देही जिल्लाको ग्रामिण भेगमा सामाजिक कार्य गर्ने छलफल  गरेको छ । सामाजिक कार्यलाई   प्राथमिकता दिने, आगामि कार्ययोजना लगायतका विषयमा पनि अनलाईनमा छलफल गरिएको नेपाल युवा परिषद प्रदेश न.५ का संयोजक सोम गुरुङले बताउनु भएको छ  । नेपाल युवा परिषदका केन्द्रिय अध्यक्ष सरोज बानियाले संस्थाको परिचय र उद्देश्य बारे प्रस्ट पर्नु भएको थियो  ।