Posts

Showing posts from March, 2021

प्रदेश स्तरीय शान्ति शिक्षा र मानवअधिकार विषयक ५ दिने कार्याशाला हुदै

Image
इटहरी / इटहरीमा बुधबार देखि ५ दिने १ नं प्रदेश स्तरीय शान्ति शिक्षा र मानवअधिकारको विषयमा कार्याशाला  हुने भएको छ । सिमान्तकृत समुदाय तथा हिंसामा परेका ब्याक्तिहरूको हक अधिकार एवम बिपन्न पिछडिएका समुदायहरूको उत्थान गर्दै आएको नेपाल युनाइट्सको आयोजनामा ५ दिने कार्याशाला हुने भएको हो । कार्यक्रममा अन्तरधार्मिक सम्वाद अन्तरगत बिभिन्न धर्मावलम्बिहरूको गुरूहरू र सहभागिताबिच सम्वाद हुने र धर्मबिच हुने मत विभेदलाइ न्युनिकरण गर्न मदत पुग्ने युनाइटसका अध्यक्ष तथा संस्थापक मोहम्मद आयतुल्ला रहमानले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यस्तै कार्यशालाकै दौरान स्थानिय जनप्रतिनिधिहरू संग मानवअधिकारको सवाल र स्थानीयस्तरमा भएका बिकाश निर्माणको विषयमा सम्वाद रहने पनि जनाइएको छ ।त्यस्तै कार्यक्रमको अन्तिम दिन सुनसरीको ग्रामिण क्षेत्र भोक्राहामा स्थानिय जनप्रतिनिधिहरूको उपस्थितिमा गाउँहरूको अवलोकन र त्यस क्षेत्रमा स्थानीय सरकारले गरेको कामहरूको विषयमा अन्तर सम्वाद कार्यक्रम गरिने नेपाल युनाईट्स प्रदेश नं. १ का संयोजक सुशिल राजभरले बताएका छन् । सो पत्रकार सम्मेलनमा आयोजक संस्थाका कोषाध्यक्ष कौशिला ...