नागरिक समाज संस्थाहरु सुशासनको लागि प्रतिबद्धता
सोम गुरुङ, काठमाण्डौं १६ पुस / नागरिक समाजका संस्थाहरुले परिवर्तित सन्दर्भमा सरकारसंग सहभागितामुलक बिकास प्रक्रियामा नागरिक समाजका संस्थाहरु सुशासनको लागि प्रतिबद्धतासंगै सरकारसंग सहकार्य र समन्वयको भुमिका खेल्न प्रतिबद्ध रहेको नागरिक समाजका पदाधिकारीले बताएका छन् । नागरिक समाज तथा संचार क्षेत्रले लोकतन्त्रको प्रवर्धन, मानव अधिकारको ग्यारेण्टी, जीवीकोपार्जनमा टेवा पु¥याउन आफ्नो प्रतिवद्घता जाहेर गर्दै वर्तमान परिवेशमा नेपालका तीनवटै तहका सरकारहरुबाट नागरिक अधिकारको संकुचन गर्ने खालका गतिविधि एवं सोही अनुसार नीति निर्माण अगाडि वढाइएकोमा नागरिक समाजबाट चिन्ता प्रकट गरिएको छ । नागरिक समाजको तर्फबाट ६ बुदे संयुक्त प्रेस विज्ञप्ती प्रकाशित गरि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । नागरिक समाज संस्थाहरुको भूमिकावारे व्यापक छलफल गरी नेपालको सामाजिक, आर्थिक र वातावरणीय विकासमा नेपाली नागरिक समाज संस्थाहरुले पु¥याएको योगदानको उचित मूल्याकंन गर्नु पर्ने, संघिय सरकारको ध्यानाकर्षण गराउनुु पर्ने र स्थानीय तथा राष्ट्रिय अर्थतन्त्र, नेपाली नागरिकको हक अधिकारको सुनिश्चितता एवं मान...