Posts

Showing posts from May, 2019

महिनावारी र सरसफाई सम्बन्धि सचेतना फैलाउदै स्वयंसेवक अरुणा

Image
बाँके ३ जेठ / र्याले ईन्टरनेशनल, नेपालका अन्तरराष्ट्रिय नागरिकता सेवा स्वयंसेवक अरुण गुरुङ अहिले आफनो गाउँठाउँमा आफु जस्तै युवा महिलाहरुलाई “महिनावारी र सरसफाई“ सम्बन्धि सचेतना फैलाउन लागि परेका छन् । उनीले आफनै गाउँ बाँकेको खजुरा गाउँपालिका वडा नं. ४ खजुरामा युवा महिलाहरुलाई “महिनावारी र सरसफाई“ सम्बन्धि सचेतना सम्बन्धि युवा महिलाहरुलाई एकदिने तालिमको आयोजना गरि सचेतना गरेकी छिन् । उनीले र्याले ईन्टरनेशनल नेपालकी अन्तर्रा्ष्ट्रिय नागरिकता सेवा स्वयंसेवकको रुपमा अहिले बाँके जिल्लामा  रहेर विभिन्न सामाजिक कार्य गरिरहेकी छिन् । र्याले ईन्टरनेशनल नेपालले संचालन गरेको ३ महिने क्याम्प मध्यको अन्तिम चरणको कार्य “एक्सन एट होम“ उनी सम्पन्न  गरेको गुरुङले बताइन् । सो अभिायानमा विभिन्न किशोरीहरुले निकै उर्जा र जिज्ञासाका साथ सहभागी जनाएका छन् ।  सो कार्यक्रमका प्रमुख अतिथि अल्मुनाई बाँकेका  सदस्य सुस्मीता क्षेत्रीले  महिलाहरुलाई सचेतनामुलक कार्यक्रम ल्याई सक्षम बनाउनु पर्ने बताईन । सो कार्यक्रममा सहभागीहरुले यस्ता किसिमका तालिमहरु अझै पनि निरन्तरको आवश्यक्ता रहेका स...

प्रदेश युवा सम्मेलन आजदेखि धनगढीमा शुरु

Image
उद्यमशिलतामा जोड दिनु पर्नेमा जोडः सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी सोम गुरुङ, धनगढी १ जेठ / उद्यमी युवा समृद्ध देश : दिगो विकास  लक्ष्यमा समान परिवेश भन्ने मुल नाराका साथ आजदेखि धनगढीमा प्रदेश युवा सम्मेलन २०१९ शुरु भएको छ । नेपाल युवा परिषदले पहिलो पटक  सुदुरपश्चिम प्रदेशमा यो सम्मेलन आयोजना गरेको छ । सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाका युवाहरुको सहभागितामा शुरु भएको युवा सम्मेलनको उद्घाटन सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गरेका छन् ।  उद्घाट्न गर्नुहुदै उहाँले राष्ट्रको विकास र समाज परिवर्तनमा युवाको महत्वपूर्ण भुमिका हुुने हुदाँ युवाहरुलाई उद्यमशिलतामा जोड दिनु पर्ने बताउनुभयो । सोही अवशरमा सुुदुरपश्चिमको पर्यटन प्रचारप्रसारको लागि नेपाल युवा परिषदले निर्माण गरेको भिजिटसुदुरपश्चिमडटकमको अफिसियल वेभसाईट औपचारिक रुपमा उद्घाटन गरेका थिए ।   बिशेष अतिथी रहनुभएका धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर ओडले  युवा परिवर्तनका संवाहक हुन, युवाले विश्वकै मुहार फेर्ने अठोटका साथ लक्ष्य निर्धारण गरी अगाडी बढ्नु पर्छ र सुदुरपश्चिम प्रदेश विभिन...