Posts

एक स्त्रीको प्रेममय वर्णात्मक विवेचना

स्त्रीको प्रेम भनेको कुनै क्षणिक भावना वा तात्कालिक आवेग होइन; यो त एक विशाल, गहिरो सागर जस्तो हो, जहाँ करुणा, धैर्यता र अथाह समझको पानीले भरिएको हुन्छ। यो प्रेमको स्वरूप पुरुषको प्रेमबाट भिन्न हुन सक्छ; यो प्रायः 'दिनु' (giving) को कलामा बढी केन्द्रित हुन्छ । जहाँ भावनाहरू व्यक्त गर्नुभन्दा पनि निस्वार्थ भावले अरूलाई पोषण गर्नु महत्त्वपूर्ण हुन्छ । स्त्रीको प्रेमको सबैभन्दा सुन्दर पक्ष भनेको उसको गहिरो संवेदनशीलता हो। उसले संसारलाई केवल आँखाले मात्र हेर्दैन, बरु हृदयले हेर्छ। ऊ अरूको मौन पीडा बुझ्न सक्छ, बिना शब्दका सहाराले भावनाहरूको गहिराइमा डुब्न सक्छ। यो सहानुभूति (Empathy) को क्षमता हो, जसले उसलाई मानिसहरूका मनभित्रका अदृश्य धागोहरूलाई बुझ्न मद्दत गर्छ। जब ऊ प्रेम गर्छिन्, तब ऊ केवल आफ्नो भावना व्यक्त गरिरहेको हुँदैन; ऊ अर्को व्यक्तिको अनुभवलाई आफ्नो अनुभवको रूपमा ग्रहण गर्छिन् । स्त्रीको प्रेम घर र सुरक्षाको अनुभूतिसँग जोडिएको हुन्छ। उनीहरूले आफ्नो प्रेममा एउटा पवित्र ठाउँ सिर्जना गर्छन्—जहाँ सबै डर र असुरक्षा हराएर केवल शान्ति र स्वीकारोक्ति रहन्छ। उसको आगो त्यो बलियो आ...

मानव जीवनको सुन्दरता: एक अनन्तताको खोजी

Image
सौन्दर्यको प्रश्न सायद मानवजातिको सबैभन्दा गहिरो जिज्ञासा हो। यो एउटा स्थिर अवधारणा मात्र होइन, बरु यो हाम्रो अस्तित्वको वास्तविक धागोमा प्रतिबिम्बित हुने एक गतिशील, जीवन्त सत्ता हो। मानव जीवनको सुन्दरताको बारेमा बोल्नु भनेको केवल आनन्दका क्षणहरूलाई मनाउनु मात्र होइन; यो हाम्रो चेतनाको जटिल, विरोधाभासी, र असीम भावनाहरूको मिश्रणलाई स्वीकार गर्नु हो—जसमा गहन पीडा, असीम करुणा, अथक रचनात्मकता, र अर्थ खोज्ने अटल लालसा समावेश छ। मानव जीवनको सुन्दरता अनुभवको गहिराइमा, सम्बन्धको बलमा, बौद्धिक खोजमा, र दुःखलाई उद्देश्यमा परिणत गर्ने निरन्तर क्षमतामा निबुद्ध छ । यस सुन्दरतालाई बुझ्नका लागि, हामीले सबैभन्दा पहिले यसको बहुआयामिक प्रकृतिलाई स्वीकार गर्नुपर्छ। यो सहज आनन्दमा भेटिँदैन, तर हाम्रो भावनात्मक वास्तविकताको सम्पूर्ण स्पेक्ट्रममा भेटिन्छ—गुमाउको असह्य वेदना र सम्बन्धको प्रफुल्लित खुसीको बीचको विरोधाभास। मानव अनुभवको गहिराइले यसको सुन्दरतालाई बलियो बनाउँछ। हामी अँध्यारो र प्रकाशको बीचको द्वन्द्वमा हिँड्छौं—गुमाउको दुःखले पनि केही अर्थ दिन्छ भन्ने कुरा हामीले बुझ्छौं। यो द्वन्द्व नै मानव अस्त...

प्रदेश स्तरीय शान्ति शिक्षा र मानवअधिकार विषयक ५ दिने कार्याशाला हुदै

Image
इटहरी / इटहरीमा बुधबार देखि ५ दिने १ नं प्रदेश स्तरीय शान्ति शिक्षा र मानवअधिकारको विषयमा कार्याशाला  हुने भएको छ । सिमान्तकृत समुदाय तथा हिंसामा परेका ब्याक्तिहरूको हक अधिकार एवम बिपन्न पिछडिएका समुदायहरूको उत्थान गर्दै आएको नेपाल युनाइट्सको आयोजनामा ५ दिने कार्याशाला हुने भएको हो । कार्यक्रममा अन्तरधार्मिक सम्वाद अन्तरगत बिभिन्न धर्मावलम्बिहरूको गुरूहरू र सहभागिताबिच सम्वाद हुने र धर्मबिच हुने मत विभेदलाइ न्युनिकरण गर्न मदत पुग्ने युनाइटसका अध्यक्ष तथा संस्थापक मोहम्मद आयतुल्ला रहमानले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यस्तै कार्यशालाकै दौरान स्थानिय जनप्रतिनिधिहरू संग मानवअधिकारको सवाल र स्थानीयस्तरमा भएका बिकाश निर्माणको विषयमा सम्वाद रहने पनि जनाइएको छ ।त्यस्तै कार्यक्रमको अन्तिम दिन सुनसरीको ग्रामिण क्षेत्र भोक्राहामा स्थानिय जनप्रतिनिधिहरूको उपस्थितिमा गाउँहरूको अवलोकन र त्यस क्षेत्रमा स्थानीय सरकारले गरेको कामहरूको विषयमा अन्तर सम्वाद कार्यक्रम गरिने नेपाल युनाईट्स प्रदेश नं. १ का संयोजक सुशिल राजभरले बताएका छन् । सो पत्रकार सम्मेलनमा आयोजक संस्थाका कोषाध्यक्ष कौशिला ...

नेपाल युवा परिषद रुपन्देही जिल्ला शाखाको गठन बिस्तार

Image
बुटवल १४ बैशाख   / नेपाल युवा परिषद रुपन्देही जिल्लाको अनलाईन  बैठक बसी   नेपाल युवा परिषद जिल्ला रुपन्देहीको शाखाको गठन विस्तार  सम्पन्न भएको छ । जिल्ला संयोजक कुशल डुम्रेको अध्यक्षतामा बसेको बैठकबाट अध्यक्षमा कुशल डुम्रे, उपाध्यक्षमा स्मृति ज्ञवाली  महा–सचिवमा अभिषेक त्रिपाठी , सचिवमा सन्ध्या अधिकारी , कोषाध्यक्षमा सुस्मा बस्याल , कार्यक्रम संयोजकमा समिक्षा पाण्डे र ,  सदस्यहरुमा सबुत डुम्रे, सन्तोष न्यौपाने, निशा पाण्डे, प्रकृति न्यौपाने, सुस्मा चालिसे, पुजा ज्ञवाली र मिना पाण्डे चयन  गरिएको छ । थप सदस्य आगामी बैठकबाट चयन गरिनेछ  । परिषदले रुपन्देही जिल्लाको ग्रामिण भेगमा सामाजिक कार्य गर्ने छलफल  गरेको छ । सामाजिक कार्यलाई   प्राथमिकता दिने, आगामि कार्ययोजना लगायतका विषयमा पनि अनलाईनमा छलफल गरिएको नेपाल युवा परिषद प्रदेश न.५ का संयोजक सोम गुरुङले बताउनु भएको छ  । नेपाल युवा परिषदका केन्द्रिय अध्यक्ष सरोज बानियाले संस्थाको परिचय र उद्देश्य बारे प्रस्ट पर्नु भएको थियो  ।

बाँकेका धर्मगुरु शान्ति सद्भावको लागि एकजुट

Image
नेपालगन्ज २९ फागुन /  बाँकेका धर्मगुरु शान्ति सद्भावको लागि सदैव एक भएर लाग्ने  प्रतिबद्धता जनाएका छन् । नेपाल युनाईट्सको आयोजनामा नेपाल युवा परिषद, प्रदेश नं.५ र सभ्य समाज नेपालको सहकार्यमा नेपालगन्जमा भएको अन्तरधार्मिक सम्वाद कार्यक्रममा यस्तो कुरा बताएका हुन् । सो अन्तर धार्मिक सम्वाद कार्यक्रममा बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, ईस्लाम धर्मका मौलाना अब्दुल जब्बर मजंरी, इसाई समाजका उपाध्यक्ष कुलप्रसाद शर्मा, बौद्ध धर्मगुरु गन बहादुर लामा, शिख धर्मका कमलजित सिह सरदारले आआफनो धर्मका बारेमा विचार राखेका थिए ।  सामाजिक सद्भाव, भाईचाराका विकास, शान्ति निर्माण र द्धन्द्ध रुपान्तरण गर्ने उद्देश्यका साथ युवाहरुलाई अहिंसा, मानवीय भाव र मेलमिलापको वातावरण सिर्जना गर्नको साथै एकअर्का धर्मप्रति सकारात्मक दृष्टिकोणको विकासको गराउनको लागि सो अन्तरधार्मिक सम्वाद आयोजना गरिएको नेपाल युनाईटसका संस्थापक मोहम्मद आयातुल्ला रहमानले जानकारी दिएका छन् । यो सम्वाद अघि द्धन्द्ध रुपानत्रण र शान्ति निर्माणमा युवाहरुको भुमिका बारे नेपाल युनाईटसका कोषाध्यक्ष कौशिल्या सुनुवार र नेपाल...

बृहत सरसफाई कार्यक्रम सम्पन्न

Image
बागेश्वरी मन्दिर सरसफाई गरि पर्यटन दिवश मनाए बाँकेका युवाहरुले नेपालगन्ज १० असोज /  “हाम्रो सम्पदा : हाम्रो दायित्व” भन्ने मुल नाराका साथ राष्ट्रिय युवा सम्मेलन २०१९ मा घोषणा भए अनुरुप नेपाल युवा परिषदले विश्व पर्यटन दिवसको अवसरमा राष्ट्रव्यापि बृहत सरसफाई कार्यक्रम नेपालका सातै प्रदेश वा ७७ वटै जिल्लामा सम्पन्न गरेको छ । सोही अवशर पारेर प्रदेश नं.५ को बाँके जिल्लामा अवस्थित बागेश्वरी मन्दिर परिसरमा नेपालगन्ज उपमहानगरपालिकाको समन्वय तथा विभिन्न सामाजिक संस्था र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा सरसफाई गरिएको छ । विश्वमा वातावरण प्रदुषण सम्बधिका विभिन्न कार्यक्रमहरु चलिरहेका बेला नेपालमा पनि यसका असर र हामी नागरिकको दायित्वलाई मध्यनजर राखि राष्ट्रव्यापि सरसफाई कार्यक्रमको थालनी गरिएको हो । सम्भवत नेपालमा यो किसिमको ७७ वटै जिल्लामा एकै समयमा,एकै ढाँचा अनुसार थालनी गरेको पहिलो कार्यक्रम भएको नेपाल युवा परिषदका केन्द्रिय अध्यक्ष सरोज बानियाले बताए ।   देश भरीमा करिब ५००० भन्दा बढिको सहभागिताबाट उक्त कार्यक्रम सफल भएको छ। जसमा विभिन्न सरकारी तथा गैरकारी निकायसँगको ...

अन्तरराष्ट्रिय पर्यटन दिवसमा बागेश्वरी मन्दिरमा सरसफाई गरि मनाउँदै युवाहरु

Image
नेपालगन्ज ९ असोज / नेपाल सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटन भित्राउने उद्देश्य सहित “नेपाल भ्रमण वर्ष २०२०” अभियान सुरुवात गरेको छ । सोहि नेपाल भ्रमण वर्षलाई सहयोग गर्न  विश्व पर्यटन दिवसको सन्दर्भमा देशभर बृहत सरसफाई कार्यक्रम हुदैछ । शुक्रबार बिहान ८ बजे देखि देशभर ७७ स्थानमा सरसफाइ हुनेछ । नेपाल युवा परिषदको जिल्ला शाखाहरुको नेतृत्वमा सो सरसफाई कार्यक्रम हुनेछ । नेपाल युवा परिषदले पर्यटन प्रवद्र्धन गर्नुका साथै त्यस्ता ओझेल परेका र प्रसिद्ध पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने उदेश्य सहित विश्व पर्यटन दिवसको दिन अर्थात् सेप्टेम्बर २७ (असोज १० गते) का दिन कार्यक्रम गर्न लागेको हो ।सबैका लागी पर्यटन पहुच योग्य विश्वव्यापी पर्यटनको प्रवर्धन भन्ने मुल नाराको सहित हरेक बर्षको २७ सेप्टेम्बरका दिन अन्र्तराष्ट्रिय पर्यटन दिवस मनाईन्छ । यसै दिन नेपाल युवा परिषदले पनि दिवस भव्यताका साथ मनाउने भएको छ । पर्यटन प्रवद्धनमा टेवा पुर्याउने र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार र संरक्षण गर्ने उद्धेश्यले परिषदले बृहत सरसफाई कार्यक्रमको आयोजना गरेको छ । गत साउनमा राष्ट्यि युवा सम्मेलनमा ...