Posts

Showing posts from June, 2016

अर्घाखाँचीमा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न

Image
राष्ट्रिय युवा परिषद, नेपाल अर्घाखाँची साखाले पणेना गाबिस को श्री नेपाल राष्ट्रिय उ.मा.बी र पोखराथोक गाबिसको श्री हरिहर संस्क्रित तथा साधारण उ.मा.बीमा पुस्तकालयको स्तरउन्नती को लागि पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। श्री नेपाल राष्ट्रिय उमाबी मा मिती २०७३-२-२७ गते बिभिन्न संकायका १५७ थान पुस्तक बिद्यालय ब्यबस्थापन समितिका प्रतिनिधि, अभिभाबक संघ र बिभिन्न बुद्धिजिबीहरुको उपस्थितीमा परिषदका जिल्ला अध्यक्ष नरेन्द्र पोखरेलले बिद्यालयका प्राचार्य पुस्कर राज पोखरेल लाई हस्तान्तरण गर्नु भएको हो। यसै गरी मिती २०२७-२-३१ गते बिज्ञान संकाय का ७१ थान पुस्तक हरिहर संस्क्रित तथा साधारण उ.मा.बी का बिद्यालय ब्यबस्थापन समिती का अध्यक्ष श्री अच्युत गौतम को उपस्थितीमा बिद्यालयकाका प्राचार्य श्री बिष्णु प्रसाद पोखरेल लाई परिषद का अध्यक्ष नरेन्द्र पोखरेल ले हस्तान्तरण गर्नु भएको छ। राष्ट्रिय युवा परिषद,नेपाल अर्घाखाँची का अध्यक्ष नरेन्द्र पोखरेलले आगामी दिनमा पनि परिषदले युवा उध्यमसिलता र युवाहरुको नेत्रित्व बिकासका क्षेत्रमा निरन्तर काम गर्दै जाने बताउनु भएको छ।

मानव बेचविखन विरुद्ध सचेतना जगाउन युुवाहरु गाउँगाउँमा

Image
बाँके /नौवस्ता / मा ईती युुवा सन्जाल बाँकेको आयोजना तथा राष्ट्रिय युवा परिषद, बाँके शाखाको सहजीकरण र माइती नेपाल, बाँकेको सहयोगमा बाँकेको नौवस्ता गाविसका युुवाहरुलाई एक दिने मानवबेचविखन विरुद्ध अभिमुखीकरण सम्पन्न भएको छ । सो अभिमुखीकरणमा नौवस्ता गाविसका का ३ दर्जन बढी युुवाहरुको सहभागिता रहेको थियो । मानव बेचविखनको विरुद्धमा समुुदायमा खबरदारी गर्न, सचेतना फैलाउन बाँकेमा माईती युुवा सन्जाल बाँके हालै गठन भई बाँके जिल्लाका विभिन्न १२ गाविसमा मानवबेचविखन विरुद्ध अभिमुुखीकरण कार्यक्रम सन्चालन गर्दै आएको छ । सो युुवा समुुहले मनिकापुुर, बनकटवा, बागेश्वरी गाविसमा अभिमुुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । अभिमुुखीकरणमा सहभागी नौवस्ता वडा नं. ६का बिर बहादुुर बस्नेतले आफुुले सिकेका कुुराहरु आपनो बाल क्लबका सन्जालका नियमित बैठक तथा समुदायमा गएर बताउने प्रतिबद्धता गरे त्यसै गरि अर्का सहभागी पार्वती रम्तेलले आफु पनि बेचविखनमा परेर दुुख पाएकोले त्यस्ता दुुखमा नर्पन सबैलाई सल्लाह सुुझाव दिदै साथै मानव बेचविखनको विरुद्धमा सदैव आवाज उठाउने प्रतिवद्धता जनाइन् । सो अभिमुखीकरणमा मानव बेचविखन भनेक...

मानव बेचविखनको विरुद्ध अभियानमा सक्रिय युवाहरु

Image
बाँके /बनकटवा / युवाहरुद्धारा युवाहरुलाई मानव बेचबिखन बिरुद्ध अभिमुखिकरण कार्यक्रम आज बाँकेको बनकटवामा सम्पन्न भएको छ । यस अघि माइती नेपाल नेपालगंजद्धारा बाँके जिल्लाका मानव वेचविखनको उच्च जोखिममा रहेका गा.वि.स र नगरपालिका समेतका युवाहरुलाई मानव बेचविखन विरुद्ध महिला वालवालिकामा आधारीत मानव अधिकार मुखी क्रियाकलापहरु थप प्रभावकारी रुपमा संचालन गर्नका लागि  मानव बेचबिखन बिरुद्ध तिन दिबशिय तालिम दिएको थियो सोही तालिममा तालिम प्राप्त युवाहरुद्धारा उक्त  कार्यक्रम गरिएको थियो  । उक्त कार्यक्रमा युवाहरु लाई श्रव्य र दृश्य सामग्रीहरु मार्फत मानव बेचविखनको अवस्था कारण, दलालहरुले अवनाउने तौर तरिका, सम्पर्क  स्थानहरु कानुनी व्यवस्था , बैदेशिक रोजगार , सुरक्षीत वसाईसराई र मानव बेचविखन विरुद्ध युवा हरुको भुमिका लगायतको वारेमा पूर्णरुपमा अभिमुखिकरण प्रदान गरीएको थियो । उक्त  कार्यक्रममा माइती युवा संजालका संयोजक मेघ राज खत्री, बशन्त विक लगायतले सहजिकरण गर्नु भएको थियो भने कार्यक्रममा मानव बेचविखनको विरुद्ध अभियानमा युवाको भुमिका वारेमा राष्ट्रिय युवा परिषद, बाँकेका क...