Posts
Showing posts from March, 2019
जानकी गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउने प्रतिबद्धता
- Get link
- X
- Other Apps
सोम गुरुङ, बाँके ४ चैत्र । जानकी गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउने एक कार्यक्रमका सहभागीले बताएका छन् । बाल अधिकार समिति जानकी गाउँपालिकाका पदाधिकारीलाई दुई दिने क्षमता विकास तालिममा सहभागी जनप्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन् । सो तालिममा गाउँपालिका अध्यक्ष रामनिवास यादवले गाउँपालिकाले बालमैत्री गाउँपालिकाको निर्माण गर्ने र बालबालिकाको अधिकारका लागि बाल संरक्षण कार्यविधिका आधारमा काम गर्ने वताउनु भयो । अध्यक्ष यादवले बालबालिकाको अधिकार सुनिश्चितताका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । जानकी गाउँपालिका उपाध्यक्ष एवम् स्थानीय बाल अधिकार समितिका संयोजक भुमिसरा धितालले गाउँपालिकाले तत्काल बालअधिकार ऐन बनाएर काम गर्ने वताइन् । सो तालिममा वडा अध्यक्षहरू, बालअधिकार समितिका पदाधिकारी र बाल संजालका सदस्यहरूको सहभागी रहेको थियो । तालिममा पूर्णचन्द्र उपाध्याय र अधिवक्ता चित्र बहादुर के.सी.ले सहजीकरण गर्नु भएको थियो । स्याक नेपाल, बाँकेको आयोजना र प्लान इन्टरनेशनल नेपालको सहयोग तथा जानकी गाउँपालिकाको सहकार्यमा सो तालिम सन्चालन भएको थिय...
गल्र्सगेट इक्वेल अभियानको शुभारम्भ
- Get link
- X
- Other Apps
नेपालगन्ज / प्लान इन्टरनेशनलको विश्वव्यापी सामाजिक परिवर्तनको अभियान गल्र्स गेट इक्वेल एक भव्य कार्यक्रमवीच नेपालगन्जमा शुभारम्भ भएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शुरु भएको यो अभियानका क्रममा समुदायमा रही सामाजिक परिवर्तनका योगदान गरेको पाँच किशोर किशोरीहरुले आफ्नो कथा सुनाए किशोर किशोरी दुवै समान र सक्षम छन् भन्ने सन्देश दिएका छन् । “माइ स्टोरी, अ बीग स्टोरी, वीइआर एबल एण्ड इक्वेल” भन्ने शीर्षक तथा किशोरीका लागि समान शक्तिको आव्हानसहित किशोरी र किशोरहरुले कथा सुनाएका थिए । यस्तै खालको कार्यक्रम ५ वटा प्रदेशका विभिन्न ठाउँहरुमा आज शुरु भएको प्लान इन्टरनेशनल नेपालले जनाएको छ । कथा सुनाउने कार्यक्रमले किशोरी र किशोरहरुलाई उनीहरुको शक्ति र प्रेरणाको कथा सुनाउने मौका दिएको, प्लान इन्टरनेशनल नेपालका संचार प्रवन्धक एवं अभियानका संयोजक श्रीराम केसीले बताउनु भयो । उहाँले यस्तै खालका कार्यक्रम देशका पाँच प्रदेशका पाँच ठाउँमा सम्पन्न भएको र ५ देखि २४ वर्ष उमेरका २५ जना किशोरकिशोरीहरु आफ्नो समुदायमा उनीहरुलाई प्रभावित पार्ने बिषयमा नीति निर्माता, समुदाय र अभिभावकलाई प्रे...
७७ जिल्लाका युवा सम्मेलित राष्ट्रिय युवा सम्मेलन २०१९ काठमाण्डौमा हुने
- Get link
- X
- Other Apps
काठमाण्डौ २० फागुन / नेपाल युवा परिषदले विगतका बर्षहरुमा झैँ यो बर्षमा पनि नेपालभरिका ७७ वटै जिल्लाबाट प्रत्येक जिल्लाका १ युवा र १ युवतीहरुलाई राजधानीमा ल्याई अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा सम्मेलन २०१९ आयोजना गर्न लागेको छ । पर्यटन (नेपाल भ्रमण बर्ष २०२०), ५० अण्डर ५० (लैंगिक समानता), दिगो बिकास लक्ष्य, युवा नेतृत्व, र युवा उद्यमशिलतालाई मुख्य बिषय बनाई आयोजना गर्न लागेको हो र यस सम्मेलन राजधानी अगष्ट १०, ११ र १२ सम्म चल्नेछ । ३ दिनसम्म चल्ने सम्मेलनमा २०४ जना युवाहरुको सहभागिता रहनेछ जसमा १५४ जना ७७ जिल्लाका १ महिला र १ पुरुष हुनेछ भने अन्य ५० जनामा बिभिन्न समुदायका युवाहरुलाई प्रतिनिधित्व गराई यस सम्मेलनले एक समावेशीताको उदारण हुनेछ भन्ने कुरामा आयोजक बिश्वस्त रहेको छ र जसमा ५० प्रतिशत महिलाहरु नै सहभागी हुनेछ । विगतका बर्षहरुमा झैँ यस बर्ष पनि १८ देखि ३० बर्ष उमेर समुहका युवाहरु आफ्नै स्थानीय तह वा आफ्नै जिल्लामा नै रही अध्ययन गरिरहेका वा व्यवसाय संचालन गरिरहेका वा सामाजिक रुपमा कार्यहरु गरिरहेका युवाहरुले मात्र राष्ट्रिय युवा सम्मेलन २०१९ मा सहभागि हुन ...