बाँकेका धर्मगुरु शान्ति सद्भावको लागि एकजुट
नेपालगन्ज २९ फागुन / बाँकेका धर्मगुरु शान्ति सद्भावको लागि सदैव एक भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । नेपाल युनाईट्सको आयोजनामा नेपाल युवा परिषद, प्रदेश नं.५ र सभ्य समाज नेपालको सहकार्यमा नेपालगन्जमा भएको अन्तरधार्मिक सम्वाद कार्यक्रममा यस्तो कुरा बताएका हुन् । सो अन्तर धार्मिक सम्वाद कार्यक्रममा बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, ईस्लाम धर्मका मौलाना अब्दुल जब्बर मजंरी, इसाई समाजका उपाध्यक्ष कुलप्रसाद शर्मा, बौद्ध धर्मगुरु गन बहादुर लामा, शिख धर्मका कमलजित सिह सरदारले आआफनो धर्मका बारेमा विचार राखेका थिए । सामाजिक सद्भाव, भाईचाराका विकास, शान्ति निर्माण र द्धन्द्ध रुपान्तरण गर्ने उद्देश्यका साथ युवाहरुलाई अहिंसा, मानवीय भाव र मेलमिलापको वातावरण सिर्जना गर्नको साथै एकअर्का धर्मप्रति सकारात्मक दृष्टिकोणको विकासको गराउनको लागि सो अन्तरधार्मिक सम्वाद आयोजना गरिएको नेपाल युनाईटसका संस्थापक मोहम्मद आयातुल्ला रहमानले जानकारी दिएका छन् । यो सम्वाद अघि द्धन्द्ध रुपानत्रण र शान्ति निर्माणमा युवाहरुको भुमिका बारे नेपाल युनाईटसका कोषाध्यक्ष कौशिल्या सुनुवार र नेपाल...