सुशासन, समृद्धि र विकासका लागि प्रथम नरैनापुर दौड २०७५ हुने
नेपालगन्ज ११ माघ । बाँकेको विकट क्षेत्र मानिएको नरैनापुरमा सुशासन, समृद्धि र विकासका लागि प्रथम नरैनापुर दौड २०७५ गरिने भएको छ । सडक र बत्तीसंगै आवश्यक पुर्बाधारको अभावमा सो क्षेत्रको विकास हुन सकेको छैन भने, अशिक्षा गरिबीले पनि पछाडी परेको क्षेत्रको रुपमा नरैनापुर चिनिन्छ । सो क्षेत्रको समग्र विकासका लागि खेलको माध्यमले सन्देश प्रवाह गरिने उद्देश्यले नरैनापुर प्रथम दौड २०७५ गर्न लागिएको हो । गाउँपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले दौडको आयोजना गर्न लागेको हो । सो दौड प्रतियोगितामा त्यस क्षेत्रका युवा, विद्यार्थी, किसान, कर्मचारी, महिला, समाजसेवी लगायत स्थानीयको उल्लेख्य रुपमा सहभागिता रहने केन्द्रका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो । उहाँका अनुसार यो दौड प्रतियोगिताले त्यस क्षेत्रमा खेलकुदको माध्यमले ठाउँको पहिचान, विकास, सुशासनसहितको सचेतना अभिबृद्धि गर्नेछ । प्रतियोगितामा प्रथम हुनेलाई रु ७ हजार, दोस्रोलाई रु ५ हजार र तेस्रो हुनेलाई रु ३ हजार नगद पुरस्कार प्रदान गरिने छ । नरैनापुर गाउँपालिकाको वार्ड नं. १ सुईया सिमा ...