बाँकेका धर्मगुरु शान्ति सद्भावको लागि एकजुट

नेपालगन्ज २९ फागुन /  बाँकेका धर्मगुरु शान्ति सद्भावको लागि सदैव एक भएर लाग्ने  प्रतिबद्धता जनाएका छन् । नेपाल युनाईट्सको आयोजनामा नेपाल युवा परिषद, प्रदेश नं.५ र सभ्य समाज नेपालको सहकार्यमा नेपालगन्जमा भएको अन्तरधार्मिक सम्वाद कार्यक्रममा यस्तो कुरा बताएका हुन् । सो अन्तर धार्मिक सम्वाद कार्यक्रममा बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, ईस्लाम धर्मका मौलाना अब्दुल जब्बर मजंरी, इसाई समाजका उपाध्यक्ष कुलप्रसाद शर्मा, बौद्ध धर्मगुरु गन बहादुर लामा, शिख धर्मका कमलजित सिह सरदारले आआफनो धर्मका बारेमा विचार राखेका थिए । 
सामाजिक सद्भाव, भाईचाराका विकास, शान्ति निर्माण र द्धन्द्ध रुपान्तरण गर्ने उद्देश्यका साथ युवाहरुलाई अहिंसा, मानवीय भाव र मेलमिलापको वातावरण सिर्जना गर्नको साथै एकअर्का धर्मप्रति सकारात्मक दृष्टिकोणको विकासको गराउनको लागि सो अन्तरधार्मिक सम्वाद आयोजना गरिएको नेपाल युनाईटसका संस्थापक मोहम्मद आयातुल्ला रहमानले जानकारी दिएका छन् । यो सम्वाद अघि द्धन्द्ध रुपानत्रण र शान्ति निर्माणमा युवाहरुको भुमिका बारे नेपाल युनाईटसका कोषाध्यक्ष कौशिल्या सुनुवार र नेपाल युनाईटसका संस्थापक मोहम्मद आयातुल्ला रहमानले प्रशिक्षण गरेका थिए । 
सोही कार्यशालामा भिन्टेज कलेज अफ होटल एण्ड टुरिज्म म्यानेजमेन्टका प्रिन्सीपल गजेन्द्र मल्लले शान्ति र युवाको बारे जनकारी दिएका थिए । त्यसै गरि सन्चार क्षेत्रले कसरी शान्ति ल्याउन मद्धत गर्न सक्छ भन्ने बारे सिआईएन, काठमाण्डौका पत्रकार लिलप्रकास चन्दले जानकारी दिएका थिए ।  बाँके जिल्लाका विभिन्न धर्म मान्ने युवाहरुको सहभागिता रहेको थियो ।  सो अन्तरसम्वादमा विभिन्न धर्मगुरुहरु (मुस्लिम, हिन्दु, क्रिसियन, सिख र बौद धर्म)को  सहभागिता रहेको थियो । सो कार्यक्रममा सहभागी युवाहरु नरैनापुर गाउँपालिकाको मटेहियामा स्थलगत अनुगमन गरि समाजका शान्ति कसरी ल्याउन सकिन्छ भन्ने बारे जानकारी समेत दिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । सो अन्तरधार्मिक संवाद कार्यक्रमको आयोजना इन्टरफेत को–आपेरेशन फोरुमको सहयोग रहेको छ भने मिडिया पार्टनरको रुपमा जिनेपाल एचडी रहेको छ । 

Popular posts from this blog

७७ जिल्लाका युवा सम्मेलित राष्ट्रिय युवा सम्मेलन २०१९ काठमाण्डौमा हुने

बढैयातालमा पर्यटक आकर्षित गर्नका लागि सुनगाभा होटल सन्चालनमा आउँदै

बृटिस स्कुलमा निसुल्क स्वास्थ्य शिविर