अन्तरराष्ट्रिय पर्यटन दिवसमा बागेश्वरी मन्दिरमा सरसफाई गरि मनाउँदै युवाहरु

नेपालगन्ज ९ असोज / नेपाल सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटन भित्राउने उद्देश्य सहित “नेपाल भ्रमण वर्ष २०२०” अभियान सुरुवात गरेको छ । सोहि नेपाल भ्रमण वर्षलाई सहयोग गर्न  विश्व पर्यटन दिवसको सन्दर्भमा देशभर बृहत सरसफाई कार्यक्रम हुदैछ । शुक्रबार बिहान ८ बजे देखि देशभर ७७ स्थानमा सरसफाइ हुनेछ ।
नेपाल युवा परिषदको जिल्ला शाखाहरुको नेतृत्वमा सो सरसफाई कार्यक्रम हुनेछ । नेपाल युवा परिषदले पर्यटन प्रवद्र्धन गर्नुका साथै त्यस्ता ओझेल परेका र प्रसिद्ध पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने उदेश्य सहित विश्व पर्यटन दिवसको दिन अर्थात् सेप्टेम्बर २७ (असोज १० गते) का दिन कार्यक्रम गर्न लागेको हो ।सबैका लागी पर्यटन पहुच योग्य विश्वव्यापी पर्यटनको प्रवर्धन भन्ने मुल नाराको सहित हरेक बर्षको २७ सेप्टेम्बरका दिन अन्र्तराष्ट्रिय पर्यटन दिवस मनाईन्छ । यसै दिन नेपाल युवा परिषदले पनि दिवस भव्यताका साथ मनाउने भएको छ । पर्यटन प्रवद्धनमा टेवा पुर्याउने र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार र संरक्षण गर्ने उद्धेश्यले परिषदले बृहत सरसफाई कार्यक्रमको आयोजना गरेको छ । गत साउनमा राष्ट्यि युवा सम्मेलनमा ७७ जिल्लाका २०४ जना युवालाई सहभागी गराएको थियो । सोहि सम्मेलनमा उपस्थित भएका युवालाई कार्यक्रमको जिम्मा दिएको नेपाल युवा परिषदका अध्यक्ष सरोज बाँनियाले जानकारी दिनुभयो । 
अन्तरराष्ट्रिय पर्यटन दिवसमा ७७ बटै जिल्लाका ७७ वटा पर्यटकिय स्थलमा एकैपटक कार्यक्रम सुरु हुने आयोजकले जानकारी दिएको छ । सोही कार्यक्रम अन्तर्गत  बाँकेको बागेश्वरी मन्दिरमा नेपाल युवा परिषद बाँके शाखाले विभिन्न सामाजिक संघसंस्थासंग सहकार्य गरि सरसफाई गर्दैछ । त्यसैगरि बर्दियाको ठाकुरबाबा मन्दिर,रुपन्देहीको सिद्धबाबा,नवलपरासीको रामग्राम स्तुप ,कपिलवस्तुको जगदिशपुर ताल, प्युठानको स्वगद्धारी, पूर्वी रुकुमको पानीपोखरी, अर्घाखाँचीको शान्ति बगैचाको सरसफाई हुने छ । कार्यक्रममा जिल्लाका विभिन्न सामाजिक संस्था , विधालय , बालक्लव , स्थानीय , युवाको सहभागीता रहने नेपाल युवा परिषद प्रदेश ५ का सयोजक सोम गुरुङले जानकारी दिनुभयो ।

Popular posts from this blog

७७ जिल्लाका युवा सम्मेलित राष्ट्रिय युवा सम्मेलन २०१९ काठमाण्डौमा हुने

बढैयातालमा पर्यटक आकर्षित गर्नका लागि सुनगाभा होटल सन्चालनमा आउँदै

बृटिस स्कुलमा निसुल्क स्वास्थ्य शिविर