विद्यार्थीहरुलाई मानवबेचविखन न्युनीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम
सो अभिमुखीकरणमा अगुवापन तालिम केन्द, कोहलपुरका २५ जना विधार्थीहरुको सहभागिता रहेको थियो । अगुवापन तालिम केन्द, कोहलपुरका प्रिन्सीपल राम थापाले तालिम केन्द्रमा गरिने अतिरिक्त कृयाकलापमा पनि मानव बेचविखन विरुद्ध सम्बन्धि सचेतना कसरी पैmलाउने र यो विषयलाई पनि कसरी समावेश गरेर अगाडि बढ्न सकिन्छ भनेर आयोजना गरिएको बताउनु भयो । यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउने निरन्तर यस्ता अभिमुखीकरण सन्चालन गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । त्यसै गरी साना हातहरु नेपाल बाँकेका स्टेशन म्यानेजर अम्बिका पुनले तालिम केन्द्रमा हुने अतिरिक्त कृयाकलापमा पनि मानव बेचविखन सम्बन्धि विषयलाई संगै जोडर अगाडि जाने र तालिम केन्द्रमा विभिन्न जिल्लाबाट अध्ध्यन गर्न आउनु भएकोले धेरै ठाउँमा सन्देश फैलिने हुनाले यस तालिम केन्द्रमा सचेतनामुलक कृयाकलाप गर्नु पर्ने आवश्यक्ता रहेको बताउनु भयो । राष्ट्रिय युवा परिषद, बाँके शाखाका अध्यक्ष सोम गुरुङ्गले मानवबेचविखन न्युनीकरणको लागि बार्षिक कार्ययोजना बनाएर समुदाय तहमा नियमित रुपमा अतिरिक्त कार्यक्रमहरुमा सचेतना जगाउनु पर्ने र स्थानीय अभिभावकसंग सहकार्य तथा समन्वय गर्ने वातावरणको सृजना गर्नु पर्ने आवश्यक्ता रहेको बताउनु भयो । सो तालिमको अभिमुखीकरणमा मानव बेचविखन तथा मानव ओसारपसार भनेको के हो ?, मानव ओसारपसार नियन्त्रण ऐन २०६४ मा भएका व्यवस्था, मानव बेचविखन हुनुका कारणहरु, मानव बेचविखन गर्न दलालले प्रयोग गर्ने तौरतरिका, मानव बेचविखनका प्रयोजन, मानव बेचविखन हुन सक्ने स्थानहरु र मानव बेचविखन न्यूनिकरण गर्न युवा तथा समुदायको भुमीकाका विषयमा राष्ट्रिय युवा परिषद, बाँके शाखाका महासचिव बामदेव पोख्रेल र कार्यक्रम संयोजक दल बहादुर सुनारले सहजीकरण गर्नु भएको थियो।