युुवा उत्प्रेरणा कार्यक्रम सम्पन्न

नेपालगंज / परिवर्तनका लागि युुवा भन्ने मूूल नाराका साथ युुवा उत्प्रेरणा कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । राष्ट्रिय युुवा परिषद बाँके शाखाको आयोजना तथा राष्ट्रिय युुवा परिषद, नेपालको सहकार्यमा सो कार्यक्रम भएको हो । सो कार्यक्रममा सकारात्मक सोचको विकास, उद्यमशिलता, स्वालम्बीपन, युुवा नेतृत्वादायी विकासका बारेमा प्रमुख अतिथि राष्ट्रिय युुवा परिषद, नेपालका अध्यक्ष सरोज बानियाले युवाहरुलाई सहजीकरण गर्नुु भएको थियो ।

सो कार्यक्रममा स्वागत मन्तब्य राष्ट्रिय युुवा परिषद बाँके शाखाका सदस्य मधु पौडेलले गर्नु भएको थियो    राष्ट्रिय युुवा परिषद बाँके शाखाका महासचिव बामदेव पोख्रेलले कार्यक्रमको उदेश्य र राष्ट्रिय युुवा परिषदको बारेमा बताउनु भयको  थियो भने राष्ट्रिय युुवा परिषद बाँके शाखाको अध्यक्ष सोम गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सन्चालन कार्यक्रम संयोजक दल बहादुुर सुनारले गर्नु भएको थियो । 
सो कार्यक्रममा ४० जना युुवाहरुको सहभागिता रहेको थियो । सो युुवा उत्प्रेरणा कार्यक्रममा सहभागी जिल्ला बाल क्लब सन्जालका अध्यक्ष श्वेता गुरुङ्ग, साहिल अन्सारी, सुमन केसी र चियर्स क्रियटिभ नेपालका अध्यक्ष सुुरेन्द्र चलाउनेले यस्तो कार्यक्रमले युुवाहरुमा सकारात्मक सोचको विकास हुुने बताएका थिए ।

Popular posts from this blog

७७ जिल्लाका युवा सम्मेलित राष्ट्रिय युवा सम्मेलन २०१९ काठमाण्डौमा हुने

बढैयातालमा पर्यटक आकर्षित गर्नका लागि सुनगाभा होटल सन्चालनमा आउँदै

बृटिस स्कुलमा निसुल्क स्वास्थ्य शिविर