किशोरीलाई बाल विवाह तथा मानवबेचविखन विरुद्ध अभिमुखीकरण कार्यक्रम

बागेश्वरी (खजुुरा) बैशाख / राष्ट्रिय युवा परिषद, नेपाल बाँके शाखाको आयोजना र बागेश्वरी गाविसको सहयोगमा आज बागेश्वरी गाविसका किशोरीहरुलाई बाल विवाह तथा मानव बेचविखन विरुद्ध एक दिने अभिमुखीकरण तालीम सम्पन्न भएको छ ।
सो अभिमुखीकरणमा बागेश्वरी गाविसका विभिन्न वडाहरुबाट ३ दर्जन बढी किशोरीहरुको सहभागिता रहेको थियो । राष्ट्रिय युवा परिषद, बाँके शाखाका सदस्य तथा पत्रकार मधुु पौडेलले शुुभकामना मन्तब्य राख्नुु हुुदै किशोरीहरुलाई बाल विवाह तथा मानव बेचविखन विरुद्ध समाजमा जन चेतना फैलाउन र समाजमा बाल विवाह रोक्न यो अभिमुखीकरण आयोजना गरिएको बताउनु भयो । त्यसै गरी प्रमुुख अतिथि बागेश्वरी गाविसका सचिव उत्तमसिह सोढीले समुुदायमा रहेका किशोरीहरुलाई बाल विवाह तथा मानव बेचविखन सम्बन्धि विषयमा सचेत बनाउन सकेमा समाजमा बाल विवाह न्युनीकरणमा सहयोग पुुग्ने बताउनुु भयोे र सबै भन्दा जोखिमको उमेर किशोरी अवस्था हुने हुुदाँ किशोरीलाई सचेत बनाउन यो अभिमुखीकरण कार्यक्रम गरिएको बताउनुु भयोे ।राष्ट्रिय युवा परिषद, बाँके शाखाका अध्यक्ष सोम गुरुङ्गले मानव बेचविखन न्युनीकरणको लागि बार्षिक कार्ययोजना बनाएर समुदाय तहमा नियमित रुपमा अभियानको रुपमा अगाडि बढ्नुु पर्ने र स्थानीय समुुह तथा क्लबसंग सहकार्य तथा समन्वय गर्ने वातावरणको सृजना गर्नु पर्ने आवश्यक्ता रहेको बताउनु भयो ।
सोही अवशरमा नेपाली काग्रेसका शेर बहादुर गुुरुङ्ग, नेकपा एमालेका झक बहादुुर पौडेल,राप्रपाका श्याम श्रेष्ठ, राप्रपा नेपालका मोहन खड्का, बासका केन्द्रिय अध्यक्ष मन भण्डारी, नेपाल रेडक्रस सोसाइटी बागेश्वरी उपशाखाका सभापति जिवनाथ सापकोटा, आमा समुुहका अध्यक्ष टिका सापकोटा, वडा नागरिक मन्चका संयोजक कोपिला खड्का लगायतले शुुभकामना मन्तब्य साथै बाल विवाह रोक्नलाई प्रतिवद्धता जनाएका थिए ।
सो अभिमुखीकरणमा बाल विवाह भनेको केहो ? बाल विवाहका बेफाइदाहरु, मानव बेचविखन तथा मानव ओसारपसार भनेको के हो ?, मानव ओसारपसार नियन्त्रण ऐन २०६४ मा भएका व्यवस्था, मानव बेचविखन हुनुका कारणहरु, मानव बेचविखन गर्न दलालले प्रयोग गर्ने तौरतरिका, मानव बेचविखनका प्रयोजन, मानव बेचविखन हुन सक्ने स्थानहरु र मानव बेचविखन न्यूनिकरण गर्न युवा तथा समुदायको भुमीकाका विषयमा राष्ट्रिय युवा परिषद, बाँके शाखाका महासचिव बामदेव पोख्रेल र कार्यक्रम संयोजक दल बहादुर सुनारले सहजीकरण गर्नु भएको थियो। कार्यक्रमको सन्चालन राष्ट्रिय युवा परिषद, बाँके शाखाका कोषाध्यक्ष पुुस्पा सुनारले गरेकी थिइन ।

Popular posts from this blog

७७ जिल्लाका युवा सम्मेलित राष्ट्रिय युवा सम्मेलन २०१९ काठमाण्डौमा हुने

बढैयातालमा पर्यटक आकर्षित गर्नका लागि सुनगाभा होटल सन्चालनमा आउँदै

बृटिस स्कुलमा निसुल्क स्वास्थ्य शिविर