युुवाद्धारा युुवाहरुलाई मानवबेचविखन विरुद्ध अभिमुखीकरण

नेपालगन्ज (मनिकापुुर) / माईती युुवा सन्जाल बाँकेको आयोजना तथा राष्ट्रिय युवा परिषद, बाँके शाखाको सहजीकरण र माइती नेपाल, बाँकेको सहयोगमा नेपालगन्ज उपमहानगरपालिका वडा नं.२६ मनिकापुुरका युुवाहरुलाई मानवबेचविखन विरुद्ध एक दिने अभिमुखीकरण सम्पन्न भएको छ । सो अभिमुखीकरणमा मनिकापुुरका ३ दर्जन बढी युुवाहरुको सहभागिता रहेको थियो । राष्ट्रिय युवा परिषद, बाँके शाखाका अध्यक्ष सोम गुरुङ्गले शुुभकामना मन्तब्य राख्नुु हुुदै युुवाहरुलाई मानवबेचविखन विरुद्ध समाजमा जनचेतना फैलाउन र मानवबेचविखन न्युनीकरणको लागि समुदाय तहमा नियमित रुपमा अभियानको रुपमा अगाडि बढ्नुु पर्ने र स्थानीय समुुह तथा युुवा क्लब, किशोरी क्लबसंग सहकार्य तथा समन्वय गर्दै अगाडि बढ्नुु पर्नेमा जोड दिनुु भयो । मानव बेचविखनको विरुद्धमा समुुदायमा खबरदारी गर्न, सचेतना फैलाउन बाँकेमा माईती युुवा सन्जाल बाँके हालै गठन भएको छ ।
त्यसै गरी माइती नेपाल, बाँकेका संयोजक केशव कोइरालाले समुुदायमा रहेका युुवाहरुलाई मानव बेचविखन सम्बन्धि
विषयमा सचेत बनाउन सकेमा समाजमा मानव बेचविखनको विरुद्धमा आवाज उठाई समृद्ध समाजको निर्माण हुुने र सबै भन्दा जोखिमको उमेर युुवा अवस्था हुने हुुदाँ युुवाहरुलाई सचेत बनाउन यो अभिमुखीकरण कार्यक्रम बाँकेका १२ गाविसमा सन्चालन गरिएको बताउनुु भयोे । अभिमुुखीकरणमा सहभागी जिल्ला किशोरी सन्जालका अध्यक्ष आरती विकले आफुुले सिकेका कुुराहरु आपनो किशोरी सन्जालका बैठक तथा समुदायमा गएर बताउने प्रतिबद्धता जनाइन् त्यसै गरि अर्का सहभागी प्रमोद यादवले मानव बेचविखनको विरुद्ध आवाज उठाउने प्रतिवद्धता जनाए ।
सो अभिमुखीकरणमा मानव बेचविखन भनेको केहो ? मानव ओसारपसार नियन्त्रण ऐन २०६४ मा भएका व्यवस्था, मानव बेचविखन हुनुका कारणहरु, मानव बेचविखन गर्न दलालले प्रयोग गर्ने तौरतरिका, मानव बेचविखनका प्रयोजन, मानव बेचविखन हुन सक्ने स्थानहरु, सुुरक्षित बसाई सराई र मानव बेचविखन न्यूनिकरण गर्न युवा तथा समुदायको भुमीकाका विषयहरुमा राष्ट्रिय युवा परिषद, बाँके शाखाका कोषाध्यक्ष पुुस्पा सुनार, माईती युुवा सन्जाल बाँकेका अध्यक्ष मेघ बहादुुर खत्री, कोषाध्यक्ष शर्मिला थापा मगरले सहजीकरण गर्नु भएको थियो ।

Popular posts from this blog

७७ जिल्लाका युवा सम्मेलित राष्ट्रिय युवा सम्मेलन २०१९ काठमाण्डौमा हुने

बढैयातालमा पर्यटक आकर्षित गर्नका लागि सुनगाभा होटल सन्चालनमा आउँदै

बृटिस स्कुलमा निसुल्क स्वास्थ्य शिविर