मानव बेचविखनको विरुद्ध अभियानमा सक्रिय युवाहरु
बाँके /बनकटवा / युवाहरुद्धारा युवाहरुलाई मानव बेचबिखन बिरुद्ध अभिमुखिकरण कार्यक्रम आज बाँकेको बनकटवामा सम्पन्न भएको छ । यस अघि माइती नेपाल नेपालगंजद्धारा बाँके जिल्लाका मानव वेचविखनको उच्च जोखिममा रहेका गा.वि.स र नगरपालिका समेतका युवाहरुलाई मानव बेचविखन विरुद्ध महिला वालवालिकामा आधारीत मानव अधिकार मुखी क्रियाकलापहरु थप प्रभावकारी रुपमा संचालन गर्नका लागि मानव बेचबिखन बिरुद्ध तिन दिबशिय तालिम दिएको थियो सोही तालिममा तालिम प्राप्त युवाहरुद्धारा उक्त कार्यक्रम गरिएको थियो ।
उक्त कार्यक्रमा युवाहरु लाई श्रव्य र दृश्य सामग्रीहरु मार्फत मानव बेचविखनको अवस्था कारण, दलालहरुले अवनाउने तौर तरिका, सम्पर्क स्थानहरु कानुनी व्यवस्था , बैदेशिक रोजगार , सुरक्षीत वसाईसराई र मानव बेचविखन विरुद्ध युवा हरुको भुमिका लगायतको वारेमा पूर्णरुपमा अभिमुखिकरण प्रदान गरीएको थियो ।
उक्त कार्यक्रममा माइती युवा संजालका संयोजक मेघ राज खत्री, बशन्त विक लगायतले सहजिकरण गर्नु भएको थियो भने कार्यक्रममा मानव बेचविखनको विरुद्ध अभियानमा युवाको भुमिका वारेमा राष्ट्रिय युवा परिषद, बाँकेका कार्यक्रम संयोजक दल बहादुर सुनारले प्रकास पार्नु भएको थियो भने माइती नेपाल नेपालगंजका सयोजक केशव कोईराला द्धारा सस्थागत प्रस्तुति गरिएको थियो ।