अर्घाखाँचीमा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा परिषद, नेपाल अर्घाखाँची साखाले पणेना गाबिस को श्री नेपाल राष्ट्रिय उ.मा.बी र पोखराथोक गाबिसको श्री हरिहर संस्क्रित तथा साधारण उ.मा.बीमा पुस्तकालयको स्तरउन्नती को लागि पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।
nyc-nepalश्री नेपाल राष्ट्रिय उमाबी मा मिती २०७३-२-२७ गते बिभिन्न संकायका १५७ थान पुस्तक बिद्यालय ब्यबस्थापन समितिका प्रतिनिधि, अभिभाबक संघ र बिभिन्न बुद्धिजिबीहरुको उपस्थितीमा परिषदका जिल्ला अध्यक्ष नरेन्द्र पोखरेलले बिद्यालयका प्राचार्य पुस्कर राज पोखरेल लाई हस्तान्तरण गर्नु भएको हो। यसै गरी मिती २०२७-२-३१ गते बिज्ञान संकाय का ७१ थान पुस्तक हरिहर संस्क्रित तथा साधारण उ.मा.बी का बिद्यालय ब्यबस्थापन समिती का अध्यक्ष श्री अच्युत गौतम को उपस्थितीमा बिद्यालयकाका प्राचार्य श्री बिष्णु प्रसाद पोखरेल लाई परिषद का अध्यक्ष नरेन्द्र पोखरेल ले हस्तान्तरण गर्नु भएको छ।nyc-nepal3
राष्ट्रिय युवा परिषद,नेपाल अर्घाखाँची का अध्यक्ष नरेन्द्र पोखरेलले आगामी दिनमा पनि परिषदले युवा उध्यमसिलता र युवाहरुको नेत्रित्व बिकासका क्षेत्रमा निरन्तर काम गर्दै जाने बताउनु भएको छ।

Popular posts from this blog

७७ जिल्लाका युवा सम्मेलित राष्ट्रिय युवा सम्मेलन २०१९ काठमाण्डौमा हुने

बढैयातालमा पर्यटक आकर्षित गर्नका लागि सुनगाभा होटल सन्चालनमा आउँदै

बृटिस स्कुलमा निसुल्क स्वास्थ्य शिविर