मानव बेचविखन विरुद्ध सचेतना जगाउन युुवाहरु गाउँगाउँमा
अभिमुुखीकरणमा सहभागी नौवस्ता वडा नं. ६का बिर बहादुुर बस्नेतले आफुुले सिकेका कुुराहरु आपनो बाल क्लबका सन्जालका नियमित बैठक तथा समुदायमा गएर बताउने प्रतिबद्धता गरे त्यसै गरि अर्का सहभागी पार्वती रम्तेलले आफु पनि बेचविखनमा परेर दुुख पाएकोले त्यस्ता दुुखमा नर्पन सबैलाई सल्लाह सुुझाव दिदै साथै मानव बेचविखनको विरुद्धमा सदैव आवाज उठाउने प्रतिवद्धता जनाइन् ।सो अभिमुखीकरणमा मानव बेचविखन भनेको केहो ? मानव ओसारपसार नियन्त्रण ऐन २०६४ मा भएका व्यवस्था, मानव
बेचविखन हुनुका कारणहरु, मानव बेचविखन गर्न दलालले प्रयोग गर्ने तौरतरिका, मानव बेचविखनका प्रयोजन, मानव बेचविखन हुन सक्ने स्थानहरु, सुुरक्षित बसाई सराई र मानव बेचविखन न्यूनिकरण गर्न युवा तथा समुदायको भुमीकाका विषयहरुमा राष्ट्रिय युवा परिषद, बाँके शाखाका कोषाध्यक्ष पुुस्पा सुनार, माईती युुवा सन्जाल बाँकेका अध्यक्ष मेघ बहादुुर खत्री, जया कुुमारी खड्का, सुरेन्द्र चलाउने,पदम थापाले सहजीकरण गरेका थिए भने मानव बेचविखन रोक्नमा युुवाको भुुमिकाको बारे राष्ट्रिय युवा परिषद, बाँके शाखाका अध्यक्ष सोम गुुरुङ्गले प्रष्ट पारेका थिए ।