नेपाल युवा परिषदको सातौँ साधारण सभा सम्पन्न

नेपाल युवा परिषदको सातौँ साधारण सभा राजधानीमा सम्पन्न भएको छ । नेपाल युवा परिषदका अध्यक्ष सरोज बानियाँको अध्यक्षतामा सम्पन्न बार्षिक साधारण सभामा परिषदको नयाँ कार्यसमिति गठन गरिएको छ । स्थापना कालदेखि बिभिन्न आरोह र अवरोहलाई पार गर्दै नेपाल युवा परिषद आज यो स्थानसम्म कसरी आईपुगेको भन्ने बिषयमा परिषदका अध्यक्ष सरोज बानियाँ ज्युले कार्यक्रममा उपस्थित अतिथी तथा युवा साथीहरुलाबशई जानकारी गराएका थिए । 

कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत अधिवक्ता हुम प्रसाद खनालको नेतृत्वमा रहेको निर्वाचन कमिटीले सरोज बानियाँको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वार्चीत गरेको छ । सात सदस्यीय निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा शुदर्सन बिडारी, महासचिवमा सलिना नगरकोटी, कोषाध्यक्षमा श्रीकृष्ण बुढाथोकी, कार्यकारी सदस्यहरुमा बुद्धिराज श्रेष्ठ, सानुकान्छा लोप्चन र अप्सरा सुनार रहेका छन् । आगामी दुई बर्षको लागि चुनिएको उक्त कार्यसमितिले देशका ७७ वटै जिल्लामा युवाको क्षेत्रमा बिभिन्न कार्यक्रम आयोजना गर्दै नेपाल युवा परिषदलाई अझ युवाको माझ एउटा ब्राण्डको रुपमा परिचित गराउने प्रतिवद्धता गरेका थिए । 

साधारण सभामा इथियोपियाका महावाणिज्य दुत राजेन्द्र गिरी, रोटरी क्लबअफ मातृभुमि बालुवाटारका अध्यक्ष बिष्णुहरि दाहाल, शैक्षिक अभियन्ता बिनोद अधिकारी, संचारकर्मी बद्रीराज तिमल्सिना, सामाजिक अभियन्ता द्रोण पराजुरी,  नरेन्द्र बहादुर साउद, ऋषि ओझा को उपस्थिती रहेको थियो । कार्यक्रममा परिषदका कोषाध्यक्ष श्रीकृष्ण बुढाथोकीले गत आ.व. २०७४÷०७५ को आर्थिक प्रतिवेदन र अध्यक्ष सरोज बानियाँले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । ४२ वटा जिल्ला शाखा रहेको परिषदले  केही समय अघिमात्र ७७ वटै जिल्लाका युवाहरुलाई राजधानी ल्याएर राष्ट्रिय युवा सम्मेलन २०१८ आयोजना गरेको थियो । 
कार्यक्रममा सामाजिक अभियन्ता बद्रिराज तिमल्सिना नेपाल युवा परिषदले गरेको कार्य युवाहरुको लागि नौलो प्रयास भएको छ भन्दै  सहकार्य गर्न सदैव तयार रहेको बताए । त्यसैगरि बिष्णुहरि दहालले नेपाल युवा परिषद हरेक अप्ठ्यारो परिििस्थतीमा पनि नडगमगाई काम गर्न शुभकामना दिएका थिए । कार्यक्रममा नयाँ कार्यसमितीलाई शुभकामना व्यक्त गर्दै बिनोद अधिकारीले आफु नेपाल युवा परिषदलाई सहयोग गर्न तयार रहेको बताए । त्यसैगरि इथियोपियाका महावाणिज्य दुतले नेपाल युवा परिषदले युवाको क्षेत्रमा गरिरहेका कार्य सरकारले पनि गर्न नसकेको बताए ।  उनले नयाँ गठित कार्य समितीलाई शुभकामना दिँदै नेपाल युवा परिषद युवाको क्षेत्रमा काम गर्ने उत्कृष्ट संस्था रहेको बताए । 

Popular posts from this blog

७७ जिल्लाका युवा सम्मेलित राष्ट्रिय युवा सम्मेलन २०१९ काठमाण्डौमा हुने

बढैयातालमा पर्यटक आकर्षित गर्नका लागि सुनगाभा होटल सन्चालनमा आउँदै

बृटिस स्कुलमा निसुल्क स्वास्थ्य शिविर