पोखरामा युवा लक्षित “सफलताका आवाजहरु”
पोखरा । नेपाल युवा परिषद गण्डकी प्रदेश कास्की शाखाको आयोजना शुक्रबार युवा लक्षित उत्प्रेरणात्मक कार्यक्रम “सफलताका आवाजहरु” पोखरामा सम्पन्न भएको छ । नेपाल युवा परिषद गण्डकी प्रदेशकी संयोजक मोनिका रानाभाटको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्रि नरदेवी पुन रहेकी थिइन ।


सो अवसरमा बोल्दै मन्त्रि पुनले धेरै नेपालि युवा विदेश जान बाध्य छन् यसको मुख्य कारण हाम्रा नेपाली युवाले देशमै कुनै सम्भावना देखिराखेका छैनन तर त्यो सम्भावना छ भनेर देखाउने जिम्मा सरकारको हो । युवाहरु लाई उत्पादनमा जोड्ने हो भने युवा लाई आवश्यकता अनुसार सीपयुक्त तालिम दिनुपर्छ उनले भनिन ।
सुखी नेपाली र समृद्द नेपालको कल्पना गर्ने हो भने युवा लाई उद्द्मी बनाउन सरकारले सहयोग गर्नुपर्दछ । यसपटकको बजेट र कार्यक्रममा युवामा लागि राख्न नसकिएको कुरा आगामी वर्षमा राख्ने उनले बताइन ।