बैजनाथ गाउँपालिकाले बालबालिका संरक्षणको लागि श्रोत नंक्शाङ्कन बनाउँदै

सोम गुरुङ्ग,बाँके २ मंसिर / सामाजिक सचेतन सरोकार मन्च(स्याक) को आयोजना तथा तथा प्लान ईन्टरनेशनल नेपालको सहयोगमा  बैजनाथ गाउँपालिकाको सहकार्यमा बालबालिका संरक्षणको लागि श्रोत नंक्शाङ्कन बनाइने भएको छ  । आज एक गाउँपालिका स्तरीय सरोकारवाला निकायसंग छलफल गरि श्रोत नंक्शाङ्कनमा के कस्ता सूचना र विवरण राख्ने भन्ने बारे बृहत छलफल भएको छ । 
श्रोत नंक्शाङ्कन निर्माण गर्नुको उद्धे्श्य  बारे बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रमका परियोजना संयोजक शेषकान्त शर्माले जानकारी दिनुभयो । सो अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गर्नुभएको बैजनाथ गाँउपालिकाका उपाध्यक्ष तथा पालिका स्तरीय बाल संरक्षण समितिका संयोजक शारदा रेग्मी विकले स्थानिय तहहरुमा बालसंरक्षण नीति कार्यान्वय गराउन साथै बालबालिकाको हक अधिकार संरक्षण र  बालविवाह विरुद्ध अभियान सन्चालन गर्न पालिकाले सबै निकायसंग समन्वय र सहकार्य गरि ठोस कार्य योजना बनाउने प्रतिबद्धता समेत गर्नुभयो । बैजनाथ गाउँपालिकाले पालिका स्तरीय बाल संरक्षण समिति र  पालिका स्तरयि बाल सन्जाल पनि निर्माण गरेको जानकारी दिनुभयो । 
सो अन्तरक्रिया कार्यक्रममा सो बैजनाथ गाउँपालिका बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाहरु राईजिङ आईडल्सका आशा गुरुङ, रेरी बाँकेका सविता कार्की, डेक नेपालका धिरेन्द्र विकले आआफनो संस्थाको कार्यक्रम बारे जानकारी गराएका थिए । सो गाँउपालिका अन्तरगतका, महिला तथा बालबालिका शाखाका प्रमुख टिना थापा ,वडा नं. १ का वडा अध्यक्ष रुप बहादुर मल्ल, वडांं नं ५का वडा अध्यक्ष मन बहादुर खत्री, वडा नं.६ का वडा अध्यक्ष भद्र बहादुर बस्नेतले आआफनो वडाले बालबालिकाको संरक्षणको लागि बजेट तथा कार्यक्रम योजना समेत छुट्याएको जानकारी गराउनुभयो ।  प्रहरी चौकी  प्रतिनीधि, गैरसरकारी संस्थाका प्रतिनिधिहरु,बालक्लवका सदस्य ,नागरिक समाज, शिक्षक र बालबालिकाको समेतको सहभागिता रहेको थियो । हाल बैजनाथ  गाउँपालिकामा  प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रम संचालन भइरहेको छ । सो परियोजनाले स्थानीय तहमा बाल संरक्षण नीति बनाउन र कार्यान्वयमा जोड दिने स्याकले बताएको छ । 

Popular posts from this blog

७७ जिल्लाका युवा सम्मेलित राष्ट्रिय युवा सम्मेलन २०१९ काठमाण्डौमा हुने

बढैयातालमा पर्यटक आकर्षित गर्नका लागि सुनगाभा होटल सन्चालनमा आउँदै

बृटिस स्कुलमा निसुल्क स्वास्थ्य शिविर