लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान बढैयातालमा विविध कार्यक्रम गरि सम्पन्न

शून्य सहनशिलताको लागि सम्पुर्ण सक्रृय भएर लाग्नु पर्नेमा जोड
सोम गुरुङ,बढैयाताल, बर्दिया २४ मंसिर / लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन सोमबार बर्दियाको बढैयाताल गाउँपालिका  बृहत रयाली सहित लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमको आयोजना गरिएको छ । बढैयाताल गाउँपालिकाको  मुख्य आयोजना तथा ईलाका प्रहरी कार्यालय, मैनापोखरको सह आयोजनामा बिभिन्न सामाजिक संघसंस्थाहरुको सहयोगमा सो कार्यक्रम आयोजना गरिएको हो । 
सो कार्यक्रमको प्रमुख अतिथि ५ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक पिताम्बर अधिकारीले शून्य सहनशिलताको लागि सम्पुर्ण सक्रृय भएर लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले अहिले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत समुुदायमा हिंसा रोक्न प्रहरी र समुदाय सहकार्य गरि अगाडि बढिरहेको समेत बताउनुभयो । सोही कार्यक्रमको विशिष्ट अतिथि प्रदेश सभा सदस्य माननीय कविराम थारु, जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरिक्षक सुरेन्द्र प्रसाद मैनाली, बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ,ओम शान्ति महिला बहुउदेश्यीय सहकारीका अध्यक्ष शान्ति अधिकारी, महिला जनजागरण संधका अध्यक्ष गोमा पौडेलले लैंगिक हिंसा बिरुद्धकोे अभियान टोल टोलमा निरन्तर सन्चालन गर्नु पर्ने र सोचमा नै परिवर्तन हुनु पर्नेमा जोड दिएका थिए । त्यसै गरि ईलाका प्रहरी कार्यालय, मैनापोखरका प्रहरी निरिक्षक लक्ष्मण ओलीले बढैयाताल गाउँपालिका नै सबै भन्दा पहिले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत सम्पूर्ण वडामा समिति गठन गरि नेपालकै नमुना गाउँपालिका भएको समेत जानकारी गराएका दिए । 
सो कार्यक्रम अघि बढैयाताल गाउँपालिकामा अगुवाईमा र्याली सहित गाउँपालिका परिक्रमा गरिएको थियो । अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर निकालिएको र्याली बन कार्यालयमा  पुगेर कोषसभामा परिणत भएको थियो । सोही कार्यक्रममा कृष्णासार विद्या निकेतनका विद्यार्थीहरुले  नाटक तथा नृत्य प्रस्तुत गरेका थिए । प्रस्तुत नाटकको परिकल्पनाकार भने शिक्षक ईश्वरी प्रसाद रिजालले गरेका थिए । 
बढैयाताल गाउँपालिकाको प्रत्येक वडाहरुमा लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान संचालन गरिएको बढैयाताल गाउँपालिकाकाी उपाध्यक्ष दिपा कुमारी गौतमले जानकारी दिईन । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा १६ दिनसम्म सचेतनामुलक बिभिन्न कार्यक्रमहरु संचालन गरिएको बताउँदै उपाध्यक्ष गौतमले अभियानको अन्तिम दिन बृहत समापन कार्यक्रम आयोजना गरिएको जानकारी दिईन ।
सो कार्यक्रमको प्रमुख अतिथि ५ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक पिताम्बर अधिकारीले उद्घाटन गरेको उक्त समापन कार्यक्रममा महिलाहरुको उल्लेख्य मात्रामा सहभागी रहेको महिला तथा बालबालिका शाखाका दुर्गा हमालले जानकारी दिईन । यसैबिच दिवसको अन्तिम दिन आज मैनापोखर चौराहमा दिप प्रज्वलन गरिएको छ । बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रम ईलाका प्रहरी कार्यालय, मैनापोखरका प्रहरी निरिक्षक लक्ष्मण ओलीले  संचालन गरेका थिए । 

Popular posts from this blog

७७ जिल्लाका युवा सम्मेलित राष्ट्रिय युवा सम्मेलन २०१९ काठमाण्डौमा हुने

बढैयातालमा पर्यटक आकर्षित गर्नका लागि सुनगाभा होटल सन्चालनमा आउँदै

बृटिस स्कुलमा निसुल्क स्वास्थ्य शिविर