नयाँ कानुन र सिफारिस प्रणाली बारे अभिमुखीकरण सम्पन्न

सोम गुरुङ,नेपालगन्ज १३ पुस / साथी संस्थाको आयोजनामा एक दिने नयाँ कानुन र सिफासि प्रणाली बारे अनुशिक्षण गरिएको छ । बालबालिका बेचविखनको विरुद्धको परियोजनाका कार्यक्रम संयोजक दिपकमान श्रेष्ठले परियोजनाको उद्धेश्य बारे प्रष्ट पारेका थिए । प्लान नेपाल ईन्टरनेशनल नेपालगन्जका कार्यक्रम संयोजक श्रृटि ढकालले प्लान नेपालले अहिले बाल संरक्षणको क्षेत्रमा कार्य गरिरहेको जानकारी दिइन् ।
अधिवक्ता बशन्त गौतमले नेपालको नयाँ कानुन र सिफारिस प्रणाली बारे प्रशिक्षण गराउनुभएको छ । मुलुकी देवानी संहिता, बाल संरक्षण बारे पनि प्रशिक्षण गरिएको छ । सो अभिमुखीकरणमा बाल संरक्षण समितिका सदस्यहरु, बाल अभियानन्ता, महिला तथा बालबालिका कार्यालय, इलाका प्रहरी कार्यालय, सामुदायिक प्रहरी, सीमा प्रहरी, माइती नेपाल साना हातहरुको सहभागिता रहेको छ । सो कार्यक्रम साथी संस्थाका जिल्ला ब्यवस्थापनका सदस्य पबित्रा बोहराको अध्यक्षतामा भएको साथी संस्थाका कार्यक्रम संयोजक शंकर न्यौपानेले जानकारी दिए ।


Popular posts from this blog

७७ जिल्लाका युवा सम्मेलित राष्ट्रिय युवा सम्मेलन २०१९ काठमाण्डौमा हुने

बढैयातालमा पर्यटक आकर्षित गर्नका लागि सुनगाभा होटल सन्चालनमा आउँदै

बृटिस स्कुलमा निसुल्क स्वास्थ्य शिविर