ल्होसारको अवशरमा नेपालगन्जमा पनि विविध कार्यक्रम गरि मनाइदै, तयारी पुरा

सोम गुरुङ, नेपालगंज १४ पुस / राष्ट्रिय पर्व  तमु ल्होसार फोल्हो (मृग वर्ग) २०७५ को आहवान, अस्तित्व र पहिचानको लागि तमुवानको अभियान भन्ने मुल नाराको साथ तमु ह्युल छोंज धी (गुरुङ राष्ट्रिय परिषद) जिल्ला कार्य समितिको आयोजनामा गुरुङ्गहरुको महान पर्व ल्होसार पर्वको अवशरमा बाँकेको नेपालगन्जमा पनि विविध कार्यक्रम गरि मनाइने भएको छ । सो कार्यक्रम नेपालगंज बौद्ध धर्म संघ गुम्बामा हुने  भएको छ । 
ल्होसारको उपल्क्षयमा सम्पुर्ण तमुहरु आआफना भेषभुषामा सजिएर गुम्बा परिसरमा जम्मा भई एकआपसमा शुभकामना आदानप्रदान ब्यक्त गर्ने  कार्यक्रम  र सम्मान गर्ने कार्यक्रम रहेको  तमु ह्युल छोज धि गुरुङ्ग राष्ट्रिय परिषद, बाँकेका अध्यक्ष युग बहादुर गुरुङ्गले जानकारी दिनुभयो । 
साथै सो कार्यक्रममा साँस्कृतिक कार्यक्रम समेतको आयोजना गरिएको तमु ह्युल छोज धि गुरुङ्ग राष्ट्रिय परिषद, बाँकेका सचिव शोभा गुरुङ्गले जानकारी दिइन् । सोहि अबशरमा कुर्सि दौड र घैटो फोर खेल पनि खेलिएको थियो । 

Popular posts from this blog

७७ जिल्लाका युवा सम्मेलित राष्ट्रिय युवा सम्मेलन २०१९ काठमाण्डौमा हुने

बढैयातालमा पर्यटक आकर्षित गर्नका लागि सुनगाभा होटल सन्चालनमा आउँदै

बृटिस स्कुलमा निसुल्क स्वास्थ्य शिविर