बाल संरक्षण नीति निर्माण सम्बन्धि एक दिने कार्यशाला सम्पन्न

सोम गुरुङ, बाँके २१ मंसिर / खजुरा गाउँपालिकाको आयोजना तथा प्लान ईन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगन्जको सहयोग र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल)को सहकार्यमा खजुरा गाउँपालिकामा शिक्षा समिति पदाधिकारीहरुसंग विद्यालय स्तरीय बाल संरक्षण नीति निर्माण सम्बन्धि एक दिने कार्यशाला सम्पन्न भएको छ । खजुरा गाउँपालिकाका माध्यमिक विद्यालयका प्राधानाध्यापक र शिक्षक, विद्यालय व्यवस्थापन समितीका अध्यक्षहरुको उपस्थीति रहेको छ । 
सो कार्यशालाको उत्घाट्न सत्रमा खजुरा गाँउपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले स्थानिय तहहरुमा विद्यालय स्तरीय बालसंरक्षण नीति निर्माण गरि कार्यान्वय गराउन साथै बालबालिकाको हक अधिकार संरक्षण र  बालविवाह विरुद्ध अभियान सन्चालन गर्न पालिकाले सबै सामाजिक सघंसंस्थासंग समन्वय र सहकार्य गरि योजना अनुसार कार्य अघि बढ्ने प्रतिबद्धता समेत गर्नुभयो । सोही अवशरमा प्रशासकीय अधिकृत बम बहादुर केसीले आगामी दिनमा समन्वय सहकार्य गरि बढ्ने बताउनुभयो । बाल संरक्षण नीति निर्माण गर्नुको उद्धे्श्य बारे बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रमका परियोजना संयोजक शेषकान्त शर्माले जानकारी दिएका थिए।  
बाल संरक्षण नीति निर्माणका बारेमा सहजीकरण सामाजिक विकास मन्त्रालय प्रदेश न.५का बालअधिकार श्रोत ब्यक्ति भिम अवस्थीले गरेका थिए । हाल खजुरा गाउँपालिकामा  प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बालिका संरक्षण परियोजना र बालिका एजेन्सी तथा युवा शसक्तिकरण परियोजना कार्यक्रम संचालन भइरहेको छ । सो परियोजनाले स्थानीय तहमा बाल संरक्षण नीति बनाउन र कार्यान्वयमा जोड दिने स्याक नेपालका नेत्रकला शाहीले जानकारी दिनुभयो । 

Popular posts from this blog

७७ जिल्लाका युवा सम्मेलित राष्ट्रिय युवा सम्मेलन २०१९ काठमाण्डौमा हुने

बढैयातालमा पर्यटक आकर्षित गर्नका लागि सुनगाभा होटल सन्चालनमा आउँदै

बृटिस स्कुलमा निसुल्क स्वास्थ्य शिविर