स्थानीय युवाहरुसंग आवश्यकता पहिचान कार्यशाला नेपालगंजमा सम्पन्न

नेपालगन्ज २७ पुस / नेपाल युवा संस्था संजाल (आयोन) काठमाण्डौंको आयोजना र जिल्ला युवा क्लब संजाल बाँकेको स्थानीय साझेदारीमा बाँकेमा संचालन भईरहेको सुशासनका लागि युवा परियोजना अन्र्तगत बाँके जिल्लाका स्थानीय युवाहरुसंग आवश्यकता पहिचान कार्यशाला नेपालगंजमा सम्पन्न भएको छ । 
सो कार्यक्रममा नेपालगंज,कोहलपुर,जानकी,खजुरा र डुडुवा गाउँपालिकाका २५ जना युवाहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको सहजिकरण जिल्ला युवा क्लब संजाल बाँकेका अध्यक्ष आशिष बर्माले गरेका थिए । कार्यक्रममा स्थानिय निकायमा युवाको सहभागिता,राजनीतिमा युवाको सहभागिता र निर्वाचनमा युवाको सहभागिता ३ वटा बिषयमा छलफल गरिएको जिल्ला युवा क्लब संजाल बाँकेका सचिव राजन बर्माले दिनुभयो ।

Popular posts from this blog

७७ जिल्लाका युवा सम्मेलित राष्ट्रिय युवा सम्मेलन २०१९ काठमाण्डौमा हुने

बढैयातालमा पर्यटक आकर्षित गर्नका लागि सुनगाभा होटल सन्चालनमा आउँदै

बृटिस स्कुलमा निसुल्क स्वास्थ्य शिविर