जानकी गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउने प्रतिबद्धता

सोम गुरुङ, बाँके ४ चैत्र  । जानकी गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउने एक कार्यक्रमका सहभागीले बताएका छन् । बाल अधिकार समिति जानकी गाउँपालिकाका पदाधिकारीलाई दुई दिने क्षमता विकास तालिममा सहभागी जनप्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन् । 
सो तालिममा गाउँपालिका अध्यक्ष रामनिवास यादवले गाउँपालिकाले बालमैत्री गाउँपालिकाको निर्माण गर्ने र बालबालिकाको अधिकारका लागि बाल संरक्षण कार्यविधिका आधारमा काम गर्ने वताउनु भयो । अध्यक्ष यादवले बालबालिकाको अधिकार सुनिश्चितताका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
जानकी गाउँपालिका उपाध्यक्ष एवम् स्थानीय बाल अधिकार समितिका संयोजक भुमिसरा धितालले गाउँपालिकाले तत्काल बालअधिकार ऐन बनाएर काम गर्ने वताइन् । सो तालिममा वडा अध्यक्षहरू, बालअधिकार समितिका पदाधिकारी र बाल संजालका सदस्यहरूको सहभागी रहेको थियो ।
तालिममा पूर्णचन्द्र उपाध्याय र अधिवक्ता चित्र बहादुर के.सी.ले सहजीकरण गर्नु भएको थियो । स्याक नेपाल, बाँकेको आयोजना र प्लान इन्टरनेशनल नेपालको सहयोग  तथा जानकी गाउँपालिकाको सहकार्यमा सो तालिम सन्चालन भएको थियो । तालिममा बालअधिकार ऐन २०७४का प्रावधानका विषयमा छलफल भएको थियो । ऐनमा व्यवस्था भएको कानुनी व्यवस्था, स्थानीय सरकारले गर्नु पर्ने दायित्व र अधिकारका विषयमा तालिम दिइएको स्याक नेपालका सुपरभाइजर पुस्पा सुनारले बताइउन् ।

Popular posts from this blog

७७ जिल्लाका युवा सम्मेलित राष्ट्रिय युवा सम्मेलन २०१९ काठमाण्डौमा हुने

बढैयातालमा पर्यटक आकर्षित गर्नका लागि सुनगाभा होटल सन्चालनमा आउँदै

बृटिस स्कुलमा निसुल्क स्वास्थ्य शिविर