महिनावारी र सरसफाई सम्बन्धि सचेतना फैलाउदै स्वयंसेवक अरुणा

बाँके ३ जेठ / र्याले ईन्टरनेशनल, नेपालका अन्तरराष्ट्रिय नागरिकता सेवा स्वयंसेवक अरुण गुरुङ अहिले आफनो गाउँठाउँमा आफु जस्तै युवा महिलाहरुलाई “महिनावारी र सरसफाई“ सम्बन्धि सचेतना फैलाउन लागि परेका छन् । उनीले आफनै गाउँ बाँकेको खजुरा गाउँपालिका वडा नं. ४ खजुरामा युवा महिलाहरुलाई “महिनावारी र सरसफाई“ सम्बन्धि सचेतना सम्बन्धि युवा महिलाहरुलाई एकदिने तालिमको आयोजना गरि सचेतना गरेकी छिन् । उनीले र्याले ईन्टरनेशनल नेपालकी अन्तर्रा्ष्ट्रिय नागरिकता सेवा स्वयंसेवकको रुपमा अहिले बाँके जिल्लामा  रहेर विभिन्न सामाजिक कार्य गरिरहेकी छिन् । र्याले ईन्टरनेशनल नेपालले संचालन गरेको ३ महिने क्याम्प मध्यको अन्तिम चरणको कार्य “एक्सन एट होम“ उनी सम्पन्न  गरेको गुरुङले बताइन् ।
सो अभिायानमा विभिन्न किशोरीहरुले निकै उर्जा र जिज्ञासाका साथ सहभागी जनाएका छन् ।  सो कार्यक्रमका प्रमुख अतिथि अल्मुनाई बाँकेका  सदस्य सुस्मीता क्षेत्रीले  महिलाहरुलाई सचेतनामुलक कार्यक्रम ल्याई सक्षम बनाउनु पर्ने बताईन । सो कार्यक्रममा सहभागीहरुले यस्ता किसिमका तालिमहरु अझै पनि निरन्तरको आवश्यक्ता रहेका सुझाव दिएका थिए ।

Popular posts from this blog

७७ जिल्लाका युवा सम्मेलित राष्ट्रिय युवा सम्मेलन २०१९ काठमाण्डौमा हुने

बढैयातालमा पर्यटक आकर्षित गर्नका लागि सुनगाभा होटल सन्चालनमा आउँदै

बृटिस स्कुलमा निसुल्क स्वास्थ्य शिविर